शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा पाइएको कोरोनाभाइरसको नयाँ प्रकार ७० प्रतिशतसम्म थप घातकः अध्ययन

सोमबार, ०३ फागुन २०७७, १२ : २५
सोमबार, ०३ फागुन २०७७

बेलायतमा ब्याप्त रहेको कोरोनाभाइरसको नयाँ भेरियन्ट (प्रकार) पहिलेका प्रकारहरुभन्दा ७० प्रतिशतसम्म बढी घातक रहेको सरकारका वैज्ञानिक सल्लाहकारहरु बताएका छन् । भाइरसमा देखिएको म्युटेसनले कोभिड–१९ रोगको विशेषतालाई परिवर्तन गर्नेमा उनीहरुले चिन्ता व्यक्त गरेका छन् ।

सरकारी वेबसाइटमा न्यु एन्ड इमर्जिङ रेस्पीरेटरी भाइरस थ्रेट एडभाइजरी ग्रुपले गरेको अनुसन्धान शुक्रबार प्रकाशित गरिएको थियो । केन्ट भेरियन्ट भनिने कोरोनाभाइरसको नयाँ प्रकारबारे गरिएका दर्जनौँ अध्ययनलाई आधार बनाएर प्रकाशित उक्त रिपोर्ट जारी गरिएको हो ।

रिपोर्टमा उक्त भेरियन्ट ३० देखि ७० प्रतिशतसम्म थप घातक रहेको उल्लेख गरिएको छ । पुराना भेरियन्ट र नयाँ भेरियन्टबा अस्पताल भर्ना भएका बिरामी र मृत्यु दरलाई अध्ययनमा आधार बनाइएको बताइएको छ ।

एपी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप