शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कुन राशिका लागि आजको दिन शुभ ?

बुधबार, ०५ फागुन २०७७, ०५ : ५२
बुधबार, ०५ फागुन २०७७

वि.सं. २०७७ साल फागुन ०५ गते । बुधबार । इस्वी सन् २०२१ फेब्रुअरी १७ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–षष्ठी,  अहोरात्र । नक्षत्र– अश्विनी,  ४१ घडी ०४ पला,  बेलुकी ११ बजेर ०७ मिनेट उप्रान्त भरुणी । योग–शुक्ल,  ४८ घडी ४७ पला,  रातको ०२ बजेर १२ मिनेट उप्रान्त ब्रह्म । करण–कौलव,  बेलुकी ०६ बजेर ०१ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–मृत्यु योग । चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ४१ मिनेटमा,  सूर्यास्त बेलुकी ०५ बजेर ५५ मिनेटमा । दिनमान २८ घडी ०४ पला । स्कन्द षष्ठी ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राम्रा तथा सामाजिक काम गरी अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । सानो प्रयत्नले ठूलो काम बन्ने हुँदा आर्थिक रुपमा सबल होइनेछ । थोरै स्रोत साधन प्रयोग गरी असीमित आवश्यकतहरु पूरा गर्न सकिनेछ । प्रेम प्रसङ्गमा रमाउन चाहानेहरुका लागि दिनले साथ दिने हुँदा मीठा मीठा कुरा गरी समय व्यातित गर्न सकिनेछ । पढाइमा प्रगति हुने तथा नतिजा तपाईं आफ्नै पोल्टोमा पर्नेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) स्वास्थ्यसम्बन्धी सामान्य समस्याले सताउन सक्छ, खानपानमा ध्यान दिनुहोला । व्यापार व्यावसायमा वैदेशिक क्षेत्रसँग सम्बन्धित कारोबार फस्टाएर जानेछ भने विदेश यात्राको तय गर्न सकिनेछ । परिवार तथा आफन्तजन तपाईंदेखि टाढिनेछन् । राज्यबाट दण्ड तथा जरिवाना हुन सक्छ काम गर्दा सजक भएर गर्नुहोला । माया प्रेममा धोका हुनेछ । अनावश्यक ठाउँमा बल प्रयोग हुनुको साथै विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछिपरेको भान हुनेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) इमानदारपूर्वक गरिएको प्रयासबाट सकारात्मक नतिजा आउने हुनाले मन प्रसन्न हुनेछ । सरकारी धन तथा पैत्रिक सम्पत्तिको प्रयोगमार्फत मनग्य आम्दानी गर्न सकिनेछ । विद्या तथा प्रतिस्पर्धामा पतिस्पर्धीहरुलाई किनारा लगाउँदै नतिजा हात पार्न सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित काम फस्टाएर जानेछन् । चाहेको वस्तु तथा मनोकामनाहरु पूरा हुनाले मन प्रफुल्लित हुनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) राजनीति तथा समाज सेवामा समय दिनेहरुले राज्यबाट पद प्रतिष्ठा पाउने ग्रहयोग रहेको छ । व्यापार व्यावसायमा लगानी गरी मनग्य रुपैयाँपैसा कमाउन सकिनेछ भने नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग छ । बुबा तथा आफन्तबाट सहयोग पाइने हुनाले महत्त्वपूर्ण काम समयमा नै फत्ते गर्न सकिनेछ । पढाइलेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउँदै प्रगति पथमा अगाडि बढ्न सकिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) नयाँ कार्य आरम्भ गरी आम्दानीका स्रोतहरु बढाउन सकिनेछ भने व्यापार व्यावसायमा थोरै समय दिँदा पनि मनग्य धन आर्जन गर्न सकिनेछ । खोज तथा अनुसन्धानमा सकारात्मक नतिजा हात लगाउन सकिने हुनाले शरीरका थप ऊर्जा पैदा हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईंको वर्चस्व कायम रहेनेछ । प्रणय सम्बन्धमा आत्मीयताको विकास हुनेछ भने घरपरिवारमा सबैसँग सौहार्दपूर्ण सम्बन्ध स्थापना गर्न सकिनेछ । धर्मकर्ममा समय दिन सकिने हुनाले मन शान्त रहनेछ ।

कन्या (टो, पा, पी, पु, ष, ण, ठ, पे, पो) काम गर्ने सवालमा आलोचनाको शिकार हुँदा मन खिन्न हुनेछ । व्यापारमा लगानी गरे पनि आम्दानी कम हुने हुनाले दैनिकी प्रभावित हुनेछ । पढाइ लेखाइमा मन नजाने हुनाले अरुभन्दा पछिपरिनेछ । स्वास्थ्यमा समस्या आई औषधि खर्च बढ्ने योग रहेको छ । कार्यक्षेत्रमा आउने विवादले दैनिक काममा समस्या निम्तिनेछ । माया प्रेममा एकअर्काबीच अविश्वास बढ्ने योग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) व्यावसाय फस्टाएर जाने हुनाले मनग्य नाफा कमाउन सकिने तथा थप लगानी गर्न सकिनेछ । लामो दूरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । सवारी साधन तथा भौतिक सम्पत्ति हात लागि हुनेछ भने विलासी वस्तुहरुको प्रयोगमार्फत अरुको मन आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिने हुँदा मन प्रसन्न रहनेछ । नोकरी पाउने तथा पदोन्नतिको प्रशस्त सम्भावना रहेको छ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) सत्रु तथा प्रतिस्पर्धीहरुलाई हरेक क्षेत्रमा परास्त गर्दै भने जस्तो उपलब्धि हासिल गर्न सकिनेछ । आम्दानीका स्रोतहरु फराकिला पार्दै तत्काल नयाँ व्यावसाय थालनी गर्न सकिनेछ । पढाइ लेखाइमा अरुलाई किनारा लगाउँदै स्कुल तथा कलेजमा छुट्टै पहिचान बनाउन सकिनेछ । माया प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ भने मामा तथा मावली पक्षबाट तपाईंको काममा भनेजस्तो सहयोग पाइने हुँदा मन प्रसन्न रहनेछ । 

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात लाग्ने योग रहेको छ भने बौद्धिक, साहित्यिक तथा सिर्जनात्मक क्षेत्रमा समय लगानी गरी आम्दानी बढाउन सकिनेछ । आकस्मिक धन तथा सम्पत्ति हातलागि हुने योग रहेको छ । व्यापार व्यावसायमा लगानी बढाई मनग्य लाभ लिन सकिनेछ भने सेयर बजारमा गरिएको लगानी फस्टाएर जानेछ । प्रेम प्रसङ्गमा रमाउने समय रहेको छ भने पतिपत्नीबीच मायाको डोरो कसिलो भएर जानेछ ।

मकर (भो, जा, जी, जू, जे, जो, ख, खी, खू, खे, खो, गा, गी) सामाजिक पद पतिष्ठा प्राप्त भए पनि भनेको समयमा काम गर्न नसक्दा आलोचना खेप्नुपर्नेछ । पढाइ लेखाइमा समय दिए पनि चाहेजस्तो सफलता प्राप्त नहुँदा मन खिन्न हुनेछ । आमा वा आमा सरहका मानिसबाट टाडिएर लामो दूरीको यात्रा हुने अत्यधिक सम्भावना रहेको छ । कृषि तथा सहकारी व्यावसायलाई नयाँ तरिकाले बिस्तार गरी मनग्य लाभ लिन सकिनेछ भने अन्य व्यावसायमा मन्दी आउनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) अदालती तथा न्यालयबाट हुने न्यायिक निर्णयहरु तपाईंकै पक्षमा हुनेछन् । दाजुभाइ तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरी प्रसस्त आम्दानी गर्न सकिनेछ । माया प्रेमको डोरो कसिएर जानेछ भने जीवन साथीको सम्बन्ध थप प्रगाढ भएर जानेछ । छोटो तथा रमाइलो यात्राको सम्भावना भए पनि यात्राका क्रममा ध्यान दिनु जरुरी छ । पढाइलेखाइमा सुधार गर्न सकिने तथा नतिजा हात पार्न सकिनेछ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) आफन्त तथा कुटुम्बसँगको सम्बन्ध सुमधुर भएर जानेछ । सामाजिक सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ भने बोलीको प्रभाव बढ्ने तथा महत्त्वपूर्ण कामहरु आज नै फत्ते गर्नु उचित हुनेछ । पढाइ लेखाइमा राम्रै प्रगति भएर जानेछ । व्यापार व्यावसायबाट मनग्य आम्दानी हुनेछ भने मनग्य धन सम्पत्ति हात लाग्ने योग रहेको छ । मायाप्रेममा विश्वासको वातावरण बढ्नेछ ।

 

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप