बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीसँग जापानी राजदूतको बिदाई भेट

बिहीबार, ०६ फागुन २०७७, ०० : ०९
बिहीबार, ०६ फागुन २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालाका लागि जापानाी राजदूत मासामिची साइगोले विदाई भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत साइगोले प्रधानमन्त्री ओलीसँग विदाई भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोको कार्यकाल सफल रहेको उल्लेख गर्दै नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ बनाउन खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।

प्रधानमन्त्री ओलीले साइगोकोका कार्यकालमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रममार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन भूमिका खेलेको भन्दै राजदूत साइगोको प्रसंशा गरेका थिए । भेटमा राजदूत साइगोले आफ्नो कार्यकालमा नेपाल सरकारको तर्फबाट भएको सहयोगको प्रसंशा गर्दै आभार प्रकट गरेका थिए । राजदूत साइगोले आफ्नो २ वर्ष ९ महिनाको कार्यकाल पुरा गरी स्वदेश फर्किनुअघि प्रधानमन्त्री ओलीसँग बिदाई भेट गरेका हुन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप