मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

आजको राशिफल : कस्तो रहनेछ तपाईंको भाग्य ?

बिहीबार, ०६ फागुन २०७७, ०५ : ५५
बिहीबार, ०६ फागुन २०७७

वि.सं. २०७७ साल फागुन ०६ गते । बिहीबार । इस्वी सन् २०२१ फेब्रुअरी १८ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–षष्ठी,  ०१ घडी,  बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त सप्तमी । नक्षत्र–भरुणी,  ४७ घडी ३९ पला,  रातको ०१ बजेर ४४ मिनेट उप्रान्त कृतिका । योग–ब्रह्म,  ५० घडी १२ पला, रातको ०२ बजेर ४६ मिनेट उप्रान्त ऐन्द्र । करण– तैतिल, बिहान ०७ बजेर ०५ मिनेट उप्रान्त गर, बेलुकी ०८ बजेर ०५ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–पद्य योग ।

चन्द्रराशि–मेष । काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ४० मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५६ मिनेट । दिनमान २८ घडी ०८ पला ।

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धिभएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेको छ । विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यवसायबाट मनग्य धन सम्पत्ति कमाउन सकिने हुँदा आवश्यकतहरु परिपूर्ति हुनेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।

बृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) अस्वाभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान, सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाढिन सक्छन् । तर पनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) आम्दानीको तुलनामा खर्च कम हुनेहुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा सेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पत्तिको परिचालनको माध्यमबाट मनग्य लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुविधा पाप्त गर्न सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरी बढोत्तरीको गतिलो योग रहेको छ । लगनशील तथा इमानदारिताले समाजका मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । नोकरीमा बढुवा हुने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुशी रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरमा पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्न सकिनेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैङ्क तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ ।

बृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरी नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ । घर, परिवार तथा सामाजिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले मन प्रसन्न रहनेछ । पढाइलेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साइड लाग्नेछन् । आफ्नो विशेष मान्छेलाई लिएर यात्रामा निस्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेको छ ।

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । स्कुल कलेज, बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । सेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्ने धन सङ्ग्रह गर्न सकिनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) जीवनशैली व्यास्त भए पनि आर्थिक रुपमा पछि नै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनुपर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने साथीभाइले नै धोका दिन सक्छन् । स्थायी सम्पत्तिमा विवाद आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ ।

कुम्भ (गु, गे, गो, सा, सी, सु, से, सो, दा) दाजुभाइ तथा छिमेकीबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन हुनेहुँदा मन प्रसन्न हुनेछ । छोटो दूरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आँट आउनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) बोलीको प्रभाव बढ्ने हुनाले महत्त्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नी तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइलेखाइमा सफलता हात लाग्ने योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप