बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड–माधव पक्षले बोलायो आकस्मिक केन्द्रीय समिति बैठक

शुक्रबार, ०७ फागुन २०७७, ११ : २४
शुक्रबार, ०७ फागुन २०७७

 नेकपा प्रचण्ड–माधव पक्षले आकस्मिक केन्द्रीय समिति बैठक बोलाएको छ । पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बस्ने गरी बैठक बोलाएको एक केन्द्रीय सदस्यले जानकारी दिए । 

यसअघि  सो पक्षले आफ्ना सवै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित पार्टी कार्यालय पेरिसडाँडामा आउन भनेको थियो ।

पछिल्लो राजनीतिक परिस्थितिका बारेमा छलफल गर्न बैठक बोलाएको नेकपाका नेताहरुले बताएका छन् । पुस ५ मा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेर वैैशाखमा निर्वाचन घोषणा गरेपछि राजनीतिक रुपमा विभाजित नेकपाले कानुनी मान्यता पाइसकेको छैन । कानूनी मान्यताका लागि बहुमत केन्द्रीय सदस्य रहेको प्रचण्ड–माधव पक्षले नेकपाको आधिकारिकता र सूर्य चिन्ह दावी गरेपनि निर्वाचन आयोगले निर्णय गर्न सकेको छैन ।

प्रचण्ड माधव पक्ष प्रतिनिधि सभा विघटन असंवैधानिक भन्दै सर्वोच्च पुगेको छ । सर्वोच्चमा परेको रिटमा अन्तिम फैसला हुन बाँकी छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप