शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्यानक्रियाजको क्यान्सरका सुरुवाती लक्षणहरु

शुक्रबार, ०७ फागुन २०७७, १२ : ३७
शुक्रबार, ०७ फागुन २०७७

मुत्युको मुखमा पुर्याउने क्यान्सर लागेपछिको पीडा सहनु, मनोवैज्ञानिक दवाव र क्यान्सरसँग जोडिएको कलंकको मुकाबिला गर्न निकै कठिन हुन्छ । तर, क्यान्सरको सुरुवाती लक्षणहरु थाहा पाइराख्दा यसको उपचारमा सहज हुने चिकित्सकहरु बताउँछन् । 

नेपाल लगायत मुलुकहरुमा प्रचलित प्यानक्रियाजको क्यान्सरको सुरुवाती चरणका लक्षणहरु जान्न आवश्यक छ । यो क्यान्सरको बारेमा लामो समयसम्म थाहा नहुदा ज्यान जाने खतरा बढी हुन्छ । 

यो क्यान्सर प्यानक्रियाजको कोशिकाहरुमा विकसित हुने गर्छ । यसको कारण आजसम्म पत्ता लागेको छैन । 

प्यानक्रियाजको कोशिकाहरु अनियन्त्रित तरिकाले बढ्छ र ट्युमर बन्छ । 

सुरुवाती लक्षणहरु:
पेटको माथि भाग दुख्ने
तौल कम हुने 
भोक नलाग्ने 
कमजोरी
थकाई
आँखा, छाला र पिसाबको रगं परिवर्तन हुने 
मधुमेह हुन थाल्ने 

शरीरभित्रको प्यानक्रियाजमा ट्युमर भएको पहिचान गर्न निकै मुश्किल हुने भएकाले यो फैलिने डर धेरै हुन्छ । त्यसैले समयमा नै लक्षणहरु देखिएमा डाक्टरको सल्लाह लिने गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप