बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

आँखा स्वस्थ राख्न खार्नैपर्ने ६ खानेकुरा

शुक्रबार, ०७ फागुन २०७७, १३ : २३
शुक्रबार, ०७ फागुन २०७७

शरीरको सबैभन्दा महत्वपूर्ण अंग हो आँखा । आँखामा सामान्य समस्या आयो भने पनि निकै हामीलाई बाहिरी दुनियाँ हेर्न समस्या पार्न सक्छ । त्यसैले आँखालाई सधै स्वस्थ राख्न जरुरी छ । यसका लागि भान्सामा पाइने केही खानेकुराको नियमित सेवन गर्न आवश्यक छ । 

गाजर
गाजर आँखाको लागि फाइदाजनक खानेकुरामा पर्छ । यसमा हुने भिटाक्यारोटिनले शरीरमा भिटामिन ए को आवश्यकता पूरा हुन्छ । भिटामिन एले हाम्रो आँखालाई सधैँ स्वस्थ राख्न मद्दत गर्छ । 

अमिलो फलफूल
भिटामिन सी युक्त फलफूलमा थुप्रै प्रकारका एलिमेन्टस पाइने भएकाले यसले आँखाको पर्दा स्वस्थ राख्छ । हरेक दिन तीन वटा अमिलो फलफूलको सेवन गर्ने गर्नुपर्छ । 

अण्डा
अण्डामा पाइने जिंक आँखाको लागि फाइदाजनक हुन्छ ।

हरियो सागसब्जी
हरियो सागसब्जीले आँखामा लाग्ने मोतिबिन्दु रोगबाट बचाउँछ । पालकको साग निकै फाइदाजनक हुन्छ । 

मेवा
ड्राई फ्रूट्स  र मेवाको सेवनले पनि आँखा स्वस्थ रहन्छ । यसमा हुने ओमेगा फ्याटी एसिड ३ ले आँखा र शरीर दुवैलाई रोग लाग्नबाट बचाउँछ ।

एन्टी लेयर स्क्रीन
घण्टौँसम्म कम्युटर, ल्यापटप वा मोबाइलमा बस्ने व्यक्तिले एन्टी लेयर स्क्रीनमा काम गर्नुपर्छ । यसले आँखालाई सुख्खापन र थकावटबाट बचाउँछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप