
तस्विरमा हेर्नुहोस् बृहत् नागरिक आन्दोलनको टुँडिखेल मार्च

बृहत नागरिक आन्दोलनले शुक्रबार शुक्रबार टुँडिखेलमा मार्चको आयोजना गरेको छ । प्रतिनिधिसभा विघटनको सरकारको कदमलाई प्रतिगमन ठहर गर्दै बृहत् नागरिक आन्दोलनले लामो समयदेखि त्यसका विरुद्ध प्रदर्शन गर्दै आइरहेको छ ।
आजको प्रदर्शनमा जनताको हो टुँडिखेल, प्रतिगमन मुर्दाबाद जस्ता नारा लगाइएको थियो । शंखधर साख्वा पार्कबाट सुरु भएको मार्च भद्रकाली, शहीद गेट हुँदै संकटा मन्दिरमा पुगेर सभामा परिणत भएको छ । टुँडिखेलको सबै गेटमा ताला लगाएर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । आजै बृहत नागरिक आन्दोलनले नागरिक घोषणापत्र जारी गरेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
सुवास श्रेष्ठ
सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।
तपाईको ईमेल गोप्य राखिनेछ