बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

दाङमा ४ वटा बेवारिसे मोटरसाइकल फेला

शनिबार, ०८ फागुन २०७७, १९ : ४८
शनिबार, ०८ फागुन २०७७

दाङमा प्रहरीले बेवारिसे अवस्थाका चारवटा मोटरसाइकल फेला पारेको छ ।
विभिन्न स्थानमा चेकजाँच तथा गस्ती गर्ने क्रममा कागजपत्र नभएका ती मोटरसाइकल फेला परेको र कागजपत्रसहित ती मोटरसाइकल लिन सम्बन्धित सवारी धनी नआएको जिल्ला प्रहरी कार्यालय दाङका निमित्त प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्दप्रसाद रिजालले बताए ।

उनले नियमित गस्तीका क्रममा प्रहरीले लु५१प ४५८८, अन टेष्ट १५० सीसीको पल्सर, लु१८प नम्बरको ९५०४ पल्सर र रा३प ९८५२ नम्बरको मोटरसाइकल फेला पारेको जानकारी दिए ।   
जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्तासमेत रहेका रिजालले हालसम्म सवारी धनी सम्पर्कमा नआएको जानकारी दिए ।

ती मोटरसाइकल धनीले आवश्यक कागजात लिएर जिल्ला प्रहरी कार्यालय घोराहीमा सम्पर्क गर्न आए सम्बन्धित सवारी धनीलाई मोटरसाइकल हस्तान्तरण गरिने उनको भनाइ छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप