बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

हरिहर–सावित्री स्मृति पुरस्कार नेपालीलाई

शनिबार, ०८ फागुन २०७७, २२ : १९
शनिबार, ०८ फागुन २०७७

नेपाल हिन्दी प्रतिष्ठानका अध्यक्ष एवं प्रेस स्वतन्त्रता सेनानी वरिष्ठ साहित्यकार राजेश्वर नेपालीलाई हरिहर–सावित्री स्मृति पुरस्कार प्रदान गरिएको छ ।

 राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा काठमाडौंको अपराजिता फाउण्डेशनद्वारा आयोजित  कार्यक्रमका बीच उनलाई सो पुरस्कार प्रदान गरिएको हो । कार्यक्रममा त्रिवि केन्द्रीय हिन्दी विभागका प्रमुख डा सञ्जिता वर्माले उनलाई  नगदसहित सम्मानपत्र प्रदान गरिन् । 
 
पुरस्कृत व्यक्तित्व नेपालीले आफूले  पत्रकारिता र साहित्य साधनाका लागि विसं २०४३ देखि अहिलेसम्म दर्जनौँ पुरस्कारबाट पुरस्कृत तथा पाँच दर्जनभन्दा बढी संस्थाबाट सम्मानित भए तापनि  फाउण्डेशनले आज पुरस्कृत गरेकामा थप खुसी लागेकाे बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप