बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

२२ वर्षपछि घरेलु मैदानमा एर्भटनसँग लिभरपुल स्तब्ध, चेल्सी रोकियो

आइतबार, ०९ फागुन २०७७, ०८ : २३
आइतबार, ०९ फागुन २०७७

मर्सिसाइड डर्बीमा एभर्टनले उत्कृष्ट खेल प्रदर्शन गर्दै लिभरपुललाई उसैको घरेलु मैदानमा पराजित गरेको छ । एन्फिल्डमा लिभरपुल एभर्टनसँग हारेको सन् १९९९ पछि पहिलो पटक हो ।

एभर्टनको जीतमा रिचार्लिसनले खेलको तेस्रो मिनेटमा नै गोल गरे भने खेलको अन्त्यतिर जिल्फी सिगर्डसनले पेनाल्टीबाट गोल गर्दै एभर्टनको जीत सुनिश्चित गरे ।

डर्बीमा एभर्टनले लिभरपुललाई हराएको सन् २०१० पछि पहिलो पटक हो भने लिभरपुलले आफ्नो घरेलु मैदानमा लगातार चार खेल हारेको सन् १९२३ पछि पहिलो पटक हो ।

पराजयसँगै समान अंक लिएर लिभरपुल छैटौँ र एभर्टन सातौँ स्थानमा रहेको छ । यद्यपि, एभर्टनले एक खेल कम खेलेको छ ।

शनिबार नै भएको अन्य खेलमा चेल्सी साउथह्याम्पटनसँग अंक बाँड्न बाध्य बन्यो । टाकुमी मिनामिनोले साउथह्याप्टनलाई अग्रता दिलाए पनि मेसन माउन्टले दोस्रो हाफमा पेनाल्टीबाट चेल्सीका लागि बराबरी गोल फर्काए ।

योसँगै साउथह्याम्पटनले लगातार ६ खेलमा पराजयको श्रृङ्खला अन्त्य गरेको छ । बराबरीपछि चेल्सी लिगको चौथो स्थानमा रहेको छ । साउथह्याम्पटन लिगको १३ औँ स्थानमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप