बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालले किनेको १० लाख डोज ‘कोभिशिल्ड’खोप काठमाडौं आइपुग्यो (फोटोफिचर)

आइतबार, ०९ फागुन २०७७, १४ : ५६
आइतबार, ०९ फागुन २०७७

काठमाडौं । कोभिड–१९ विरुद्धको १० लाख डोज  ‘कोभिशिल्ड’ खोप काठमाडौं आइपुगेको छ । भारतको नयाँ दिल्लीबाट एयर इन्डिया विमानमार्फत  १० लाख डोज खोप काठमाडौँ आइपुगेको हो  ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यहि फागुन ५ गते खोप उत्पादन कम्पनी सेरम इन्सिच्युट अफ इण्डियासँग २० लाख डोज खोप किन्ने सहमतिअनुसार आइतबार १० लाख डोज खोप आएको हो । यसअघि गत माघ ८ गते भारत सरकारले अनुदानमा उपलब्ध गराएको सोही खोप आएको थियो । अहिले उक्त खोप अग्रपंक्तिमा काम गर्ने कर्मचारीलाई लगाइँदैछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप