शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राजधानीको सामाखुशीमा कोइराला मार्ट सञ्चालनमा

शुक्रबार, २० असोज २०७४, १९ : ०१
शुक्रबार, २० असोज २०७४

 काठमाडौं – राजधानीको सामाखुशीमा शुक्रबारबाट कोइराला मार्ट सञ्चालनमा आएको छ । गल्कोपाखा, मैह्पी, गोङ्गबु क्षेत्रलगायत आसपासका स्थानीय बासिन्दाका लागि किनमेलमा सहज हुने गरी उक्त मार्ट सञ्चालनमा ल्याएको संचालकले बताएका छन् । 

सामाखुशीको साविक रेडन कलेज अगाडि कोइराला मार्ट खुलेपछि त्यस क्षेत्रका बासिन्दालाई किनमेलमा सहज सुविधा मिल्ने भएको छ । मार्टमा विभिन्न अन्तराष्ट्रिय ब्राण्डका सामानहरु लगायत स्वदेशका सामानहरु समेत उपलब्ध छन् । घरायसी आवश्यक सामानदेखि  विभिन्न जुत्ता, ब्राण्डेड कम्पनीका मेन्स वेयर, कस्मेटिक सामानहरु समेत राखिएका छन् । ग्राहकको चाहना अनुसार  विभिन्न ब्राण्डका घरायसी सरसामानसँगै ग्राहकहरुको चाहना अनुसार सस्तो, सरल र सुलभ मुल्यमा आफुले खोजे जस्तो सामाग्रीहरु उपलब्ध भएको मार्टका अध्यक्ष रुद्र कोइरालाले बताए । त्यस्तै, ग्राहकको स्वास्थ्यमा विशेष ध्यान राख्दै खाद्य सामाग्रीमा कुनै पनि भुलचुक समेत हुन नदिन आफुहरुले अलग्गै समिति बनाएको पनि उनले बताए । 

राजधानीका विभिन्न क्षेत्रमा सुपर मार्केट, मार्ट, मिनी मार्टहरु  निकै खुलेका छन् ।  तर ग्राहकहरुका लागि सहज र सरल तरिकाले सेवा उपलब्ध गराइएका कमै पाइन्छन्, उक्त मार्टले भने ग्राहकहरुलाई मुख्य ध्यान दिदै सेवामा कुनै कमि हुन नदिने दावी गरेको छ ।

मार्टले शुभारम्भको अवसर पारेर भाइटिकाको दिनसम्म १० प्रतिशत छुटका व्यवस्था गरेको छ । त्यसपछि पनि आवश्यकता अनुसार  ग्राहकहरुलाई विभिन्न छुट तथा सुविधहरु उपलब्ध गराईने अध्यक्ष कोइरालाले बताए ।

करिब १० करोडको लगानीमा खुलेको उक्त मार्ट समाखुशीको मुख्य केन्द्रमा हुनुका साथै प्रयाप्त पार्किङ किनमेलमा सहज बातावरण तथा व्यवस्थित भएको अध्यक्ष कोइरालाको दावी छ ।

पोखरामा लामो समय व्यवसायिक क्षेत्रमा जमेको कोइराला समूहले पोखरामा भानु मेशीनरी संचालन गरेको छ भने चितवनको कुरिनटारमा रहेको भानु ग्याँस उद्योग मार्फत ग्याँस वितरण  समेत गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप