बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

असाध्यै दुख्छ दाँत ? यी ८ प्राकृतिक तरिकाले दिनेछ आराम

सोमबार, १० फागुन २०७७, १० : २५
सोमबार, १० फागुन २०७७

दाँत दुख्नु एक साधारण समस्या हो तर कहिलेकाँही यसको दुखाई असह्य हुन्छ । दाँत दुख्दा कतिपय अवस्थामा अनुहार सुन्निने, टाउको  दुख्नेलगायतका समस्या निम्तिने गर्छन् । साधारणतया अत्यधिक तातो वा चिसो खानेकुरा खाँदा, दाँत सफा नगर्दा, क्याल्सियमको कमी, ब्याक्टेरियल संक्रमण वा दाँतको जरा कमजोर हुँदा दाँत दुख्ने गर्छ । साथै बुद्धि बंगारा आउने क्रममा पनि दाँत असाध्यै दुख्छ ।

दाँत असाध्यै दुख्दा मानिसहरु पेन किलर वा एन्टिबायोटिक औषधी खान्छन् तर केही घरेलु उपचारमार्फत् पनि दाँत दुखाइबाट छुटकारा पाउन सकिन्छ । आउनुहोस्, यसबारे जानकारी लिऔं ।

ल्वाङले दिन्छ आरामः

दाँत दुख्दा ल्वाङ्गले असाध्यै राहत प्रदान गर्छ । ल्वाङलाई दाँतले थिचेर राख्दा पीडा कम हुन्छ । ल्वाङको तेल पनि दाँत दुख्दा निकै फाइदाजनक हुन्छ ।

काँचो लसुन चपाउनुहोस्ः

लसुनमा एलिसिन कम्पाउन्ड हुन्छ जुन एन्टिब्याक्टेरियल, एन्टिभाइरल र एन्टिफंगल गुणले भरिपूर्ण हुन्छ । दाँत दुख्दा काँचो लसुन चपाउनुहोस् । यसले तपाईंलाई राहत प्रदान गर्छ ।

बेसारले पनि दिन्छ राहतः

बेसार एक प्राकृतिक एन्टिबायोटिक मानिन्छ । बेसार, नुन र तोरीको तेलको पेस्ट बनाउनुहोस् । यो पेस्टलाई त्यो दाँतमा लगाउनुहोस् जुन दुखिरहेको छ । बेसार वा यो पेस्टले दाँत दुखाइ कम गर्छ ।

फाइदाजनक छ हिङः

हिङको प्रयोग खानामा स्वाद बढाउन र बास्नाका लागि गरिन्छ । यसले विभिन्न प्रकारको घरेलु उपचारमा पनि फाइदा पुर्याउँछ । यदि तपाईंको दाँत दुखिरहेको छ भने एक चिम्टि हिङलाई कागतीको रसमा मिसाएर कपासले दाँतमा लगाउनुहोस् । यसो गर्दा दुखाई कम हुन्छ ।

काँचो प्याज चपाउनुहोस्ः

प्याजमा एन्टी इन्फ्लामेटरी, एन्टी एलर्जिक, एन्टी कार्सिनोजेनिक र एन्टीअक्सिडेन्ट गुण हुन्छ । यसले मुखको ब्याक्टेरिया नष्ट गर्छ । जुन दाँत दुखिरहेको छ, त्यसले प्याजको टुक्रालाई बिस्तारै चपाउनुहोस्, यसले आराम महसुस हुन्छ

कालो मरिचः

असाध्यै तातो र असाध्यै चिसो खानेकुरा खाएपछि दुखेको दाँतलाई ठिक पार्न कालो मरिचले सहयोग गर्छ । यसका लागि कालो मरिच पाउडर र नुनलाई बराबर मात्रामा मिलाउनुहोस् । अब यसमा केही थोपा पानी हालेर यसको पेस्ट बनाउनुहोस् । यो पेस्टलाई दुखेको ठाउँमा लगाएर केही बेरका लागि छोडिदिनु होस् । यसले दाँत दुखाइमा तत्काल राहत दिन्छ ।

बेकिङ सोडा लगाउनुहोस्ः

बेकिङ सोडामा पनि एन्टिब्याक्टेरियल, एन्टिफंगल र एन्टिसेप्टिक गुण हुन्छ । मनतातो पानीमा बेकिङ सोडा राखेर मुख कुल्ला गर्नुहोस् । यसले दाँत दुखाई कम हुन्छ । यसका साथै तपाईंले भिजेको कपासमा थोरै बेकिङ सोडा छर्किएर दुखेको ठाउँमा लगाउन सक्नुहुन्छ ।

अम्बाको पातः

अम्बाका साथै अम्बाको पात पनि निकै फाइदाजनक छ । यसमा एन्टी ब्याक्टेरियल गुण हुन्छ । दाँत दुख्दा अम्बाको ताजा पात चपाउँदा पनि राहत महसुस हुन्छ । यसबाहेक तपाईंले यी पातलाई पानीमा उमालेर चिसो बनाउनुहोस् र यसमा नुन मिसाएर कुल्ला गर्नुहोस् । यो तरिका अपनाउँदा पनि दाँत दुख्न कम हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप