बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कब्जियतबाट छुटकारा पाउन ५ घरेलु उपाय

सोमबार, १० फागुन २०७७, १० : ३९
सोमबार, १० फागुन २०७७

कब्जियतले विभिन्न अन्य रोगहरु उत्पत्ति गराउँछ । कब्जियतले के कारणले हुन्छ भन्ने पत्ता लगाउन मुश्किल हुने भएकाले दैनिक खानपानमा विशेष ध्यान दिनुपर्छ । 

प्रशस्त पानी 
कब्जियतबाट बच्नका लागि अत्यधिक पानी पिउनुस् । १ चम्चा मह हालेर हल्का मनतातो पानी पिउने गर्दा कब्जियत कम हुँदै जान्छ । 

फाइबरयुक्त खाना
पर्याप्त मात्रामा फाइबरयुक्त खानेकुरा खाने गर्दा कब्जियत कम हुँदै जान्छ । फाइबर भएको खाना कम खाँदा कब्जियत पैदा हुने गर्छ । मेवा, केरा, सुन्तला, नाशपति, जामुन, एभोगाडो जस्ता फलफुल खाँदा कब्जियत कम हुन्छ । 

प्रोबायोटिक्सको सेवन 
कब्जियतले पेटमा ब्याक्टेरियाको सन्तुलन बिगार्ने भएकाले आन्द्रामा सही ब्याक्टेरियाको आपूर्ति आवश्यक भएकाले प्रोबायोटिक युक्त खानेकुरा खाने गर्नुपर्छ । 

व्यायाम
शरीरिक गतिविधिहरुको सीधा असर पेटमा पर्छ । नियमित रुपमा व्यायाम गर्ने बानीले कब्जियत हराउँछ । 

प्राकृतिक तत्वको सेवन 
पेटको समस्याहरु कम गर्न अमला, घ्युकुमारीको जुस, काँचो बेसार, तिल, भिजाएको चियाको सिड्स जस्ता खानेकुरा खाने गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप