
ललितपुर महानगरले थाल्यो निःशुल्क चिकित्सक विशेषज्ञ सेवा

ललितपुर । ललितपुर महानगरपालिकाले आफ्ना नगरका सबै जनालाई स्वास्थ्य सेवा दिनका लागि सोमबारदेखि निःशुल्क चिकित्सक विशेषज्ञ सेवा शुरु गरेको छ ।
महानगरपालिकामा नै निःशुल्क चिकित्सक विशेषज्ञ सेवा सुरु गर्दै मेयर चिरीबाबु महर्जनले सेवाग्राहीहरुलाई निःशुल्क औषधि वितरण समेतको व्यवस्था मिलाएका हुन् ।
ललितपुरको जावलाखेलमा रहेको अल्का अस्पतालसँगको सहकार्यमा उनले निःशुल्क चिकित्सक विशेषज्ञ सेवा शुरु गरेका हुन् । सोमबार जनरल फिजिसियन, बाथरोग र महिला तथा प्रसुतिरोग विशेषज्ञबाट सेवाग्राहीहरुलाई सेवा दिइएको अल्का अस्पतालले जनाएको छ ।
महानगरपालिकाको यस अभियानलाई लाइन्स क्लव अफ काठमाडौं अल्का लगायतका संघ संस्थाले समेत सहयोग गरेका छन् । हरेक १५–१५ दिनमा नगरवासीले निःशुल्क उपचार गर्न पाउने व्यवस्था मिलाइएको मेयर महर्जनले बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ