बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

प्रभु बैङ्कको जुम्ला शाखा कार्यालय सञ्चालनमा

सोमबार, १० फागुन २०७७, १८ : ५४
सोमबार, १० फागुन २०७७

जुम्ला । प्रभु बैङ्क लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका वडा नं. ६ मा आप्mनो २१३ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । 

बैङ्कको जुम्लामा शाखा कार्यालयको उद्घाटन गर्दै चन्दननाथ नगरपालिका मेयर कान्तीका सेजुवालले प्रभु बैङ्कले व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरेको बताए ।

उनले बैङ्कको यो अभियानले देशभरिनै बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैङ्कलाई सफलताको शुभकामना व्यतm गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप