बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

रवि लामिछानेले खोले नयाँ टेलिभिजन

मङ्गलबार, ११ फागुन २०७७, १२ : ५४
मङ्गलबार, ११ फागुन २०७७

सञ्चारकर्मी रवि लामिछानेलगायतको संलग्नतामा नयाँ टेलिभिजन सञ्चालनमा आउने भएको छ । मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी लामिछानेले ‘ग्यालेक्सी फोरके’ टेलिभिजन च्यानल  शुभारम्भको घोषणा गरेका हुन् । सो टेलिभिजन नेपालमै पहिलो फोरके प्रविधिमा आधारित भएको लामिछानेले जानकारी दिए । 

न्यूज २४ टेलिभिजनमा ‘सिधा कुरा जनतासँग’ सञ्चालन गरेका उनको कार्यक्रम लोकप्रिय रहेको थियो भने नयाँ टेलेभिजन खोल्नकै लागि भनेर उनी हालै सो संस्थाबाट बाहिरिएका थिए । 

उद्घाटन समारोहमा लामिछानेले टेलिभिजनले आम सर्वसाधारणको हेडलाइन बनाउनुका साथै भरपूर मनोरञ्जन पनि दिने बताए । ‘जतिपनि आम सर्वसाधारण हुनुहुन्छ, जसको मुद्दा ओझेलमा पर्यो ती सर्वसाधारणको मुद्दालाई प्राथमिकतामा राखेर आफ्ना न्यूज र हेडलाइन बनाउँछौं’, लामिछानेले भने । 
टेलिभिजनको अध्यक्षमा डीबी राई रहेका छन् भने उपाध्यक्ष छविलाल बञ्जाडे र प्रबन्ध निर्देशकमा स्वयम् रवि लामिछाने रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप