शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वाेत्तम सिमेन्टको उत्पादन क्षमता बढ्यो, प्रति दिन उत्पादन ६० हजार बोर

मङ्गलबार, ११ फागुन २०७७, १४ : ०१
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । नेपालको मध्य भाग नवलपरासीमा अवस्थित सिमेन्ट सर्वोत्तम सिमेन्टले उत्पादन क्षमतामा बृद्धि गरेको छ । सिमेन्ट उद्योगले ४० हजार बोरा प्रति दिनबाट बढाई ६० हजार बोरा बनाएको छ । 

सिमेन्ट उत्पादन अझ बृहत भएपछि सिमेन्ट उपभोक्ताहरू माझ गुणस्तरीय तथा अत्याधुनिक प्रविधिबाट उत्पादित सिमेन्टको पहुँच सरल तथा सुलभ बन्ने कम्पनीको विश्वास छ । सिमेन्ट देशका महत्वपूर्ण आधारस्तम्भहरु अनि ठूला–ठूला परियोजनाहरु तथा गौरवशाली आयोजनाहरु लगायत विशाल पूल, बाँध, हाइड्रोपावर, धावनमार्ग देखि हाउजिङ्ग कम्पनीहरुमा समेत पहिलो रोजाइमा पर्दै उपयोग हुँदै आएको कम्पनीको दावी छ । 

कम्पनीका ब्राण्ड म्यानेजर गोपाल सारदाका अनुसार सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भी.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्नेे नेपालकै पहिलो सिमेन्ट उद्योग हो । आई.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ग्रिन सर्वाेत्तम ओ.पी.सी. र सौरभ ग्रिन पी.पी.सी. नामक ब्रान्डका सिमेन्टहरु नेपालभर सर्वत्र बिक्रीवितरण गरिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप