शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्का प्रस्थान

मङ्गलबार, ११ फागुन २०७७, १४ : ३९
मङ्गलबार, ११ फागुन २०७७

इस्लामावाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले मंगलबारदेखि श्रीलङ्काको भ्रमण सुरु गरेका छन् ।  दुई दिने औपचारिक भ्रमणका लागि उनी आज त्यस तर्फ प्रस्थान गरेका हुन् । पाकिस्तानी प्रधानमन्त्री खान श्रीलङ्काका समकक्षीको निमन्त्रणामा श्रीलङ्काको भ्रमणमा गएका हुन् ।  

भ्रमण टोलीमा प्रधानमन्त्रीसँगै पाकिस्तानी विदेश मन्त्री शाह मोहम्मद कुरेशी, प्रधानमन्त्रीका बाणिज्य, उद्योग, कर तथा लगानी सम्बन्धी सल्लाहकार अब्दुल रजाक दाउद र प्रधानमन्त्रीका विषेश सहयोगी सयद जुल्फीकार अब्बास बुखारी पनि सहभागी भएका छन् ।

प्रधानमन्त्री भएपछि उहाँले पहिलो पटक श्रीलङ्काको भ्रमण गर्नुभएको अधिकारीहरुले जनाएका छन् । उहाँ सन् २०१८ को अगस्टमा पाकिस्तानको प्रधानमन्त्री हुनुभएको हो ।  खान नेतृत्वको भ्रमण टोलीले व्यापार, लगानी, स्वास्थ्य, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका विषयमा छलफल गर्ने जनाइएको छ  । –सिन्ह्वा
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप