शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

ईरानमा महिलाको मृत्युपछि शवलाई पुनः दिइयो मृत्युदण्ड

मङ्गलबार, ११ फागुन २०७७, १६ : ५२
मङ्गलबार, ११ फागुन २०७७

इरानमा मृत्युदण्डको प्रतीक्षा गरिरहेकी महिला जहरा इस्माइलीको हृदयघातका कारण मृत्यु भएपछि उनको शवलाई फाँसी दिइएको छ । इरानमा शरिया कानूनलाई पालना गर्दै शवलाई फाँसी दिइएको हो । मृत्युदण्ड दिने बेला महिला उभिएको कुर्सी हटाउने अधिकार पीडितकी आमालाई दिइएको थियो । यही अधिकार सदुपयोग गर्नका लागि उनलाई फाँसी दिइएको वकिलले दाबी गरे ।

दोषीका वकिल ओमिद मुरादीका अनुसार जहरालाई कुनै पनि मूल्यमा फाँसी दिनु पर्दथ्यो किनभने उनकी सासु मृत्युको कुर्सी हटाउने अधिकार प्रयोग गर्न चाहन्थिन् । जहराका श्रीमान् इरानी गुप्तचर सेवामा अधिकारी थिए । यी अधिकारीले जहरा र छोरीलाई प्रताडित गर्दथे । जहराका वकिलका अनुसार दुई सन्तानकी आमा जहरालाई लाइन लगाएर राखिएको १६ दोषीको पछाडि राखिएको थियो र उनीहरुलाई झुण्डाएको हेर्न बाध्य पारिएको थियो ।

डेली मेलका अनुसार इस्माइलीको त्यति नै बेला मृत्यु भयो । तर उनीहरुले जहराको टाउकोलाई कालो कपडाले बेह्रिदिए र उनलाई एउटा कुर्सीमा राखेर डोरी उनको घाँटीमा राखिदिए । त्यसपछि पीडितकी आमा अर्थात् जहराकी सासुले कुर्सी धकेलेपछि उनी झुण्डिइन् ।

आँखाको बदलामा आँखै चाहिने प्रावधानः

जहराकी सासुलाई शरिया कानुन अन्तर्गत यो अधिकार दिइएको थियो जसमा आँखाको बदलामा आँखै चाहिने प्रावधान छ ।

जहरालाई कराज इलाकास्थित कुख्यात रजाई शहरको जेलमा बुधबार फाँसी दिइएको खबरमा उल्लेख छ ।

स्मरण रहोस्, मृत्युदण्डको सजाय दिने विषयमा इरान चीनपछि दोस्रो नम्बरमा आउँछ । यद्यपि, इरानमा एकैपटक १७ जनालाई मृत्युदण्ड दिने आफैंमा असामान्य हो । संयुक्त राष्ट्रको रिपोर्ट अनुसार इरानमा अघिल्लो वर्ष २३३ जनालाई मृत्युदण्ड दिइएको छ । यीमध्ये तीन अपराधी किशोर थिए तर पनि उनीहरुलाई मृत्युदण्ड दिइयो । इरानमा मादक पदार्थको तस्करीका लागि पनि मृत्युदण्डको सजाय छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप