बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

५० वर्ष माथिका पाकिस्तानी सांसदले गरे १४ वर्षीया किशोरीसँग विवाह

मङ्गलबार, ११ फागुन २०७७, १७ : १०
मङ्गलबार, ११ फागुन २०७७

पाकिस्तानमा एक सांसदले १४ वर्षकी किशोरीसँग विवाह गरेको घटना सार्वजनिक भएको छ ।

एएनआईको रिपोर्टका अनुसार पाकिस्तानको जिमयत उलेमा–ए–इस्लाम (JUI-F) पार्टीका सांसद मौलाना सलाहुद्दीन आयुबीले १४ वर्षको किशोरीसँगको विवाहमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । मौलाना सलाहुद्दीन अयुबी बलूचिस्तानका सांसद हुन् ।

अंजुमन दावत–ओ–अजिमत संस्थाले आयुबीले प्रहरीसमक्ष विवाह गरेको किशोरीको विवाह गर्ने उमेर पुगे नपुगेको अनुसन्धान गरेर उमेर नभएको खण्डमा प्रिभेन्सन अफ चाइल्ड म्यारिज एक्टअनुसार दोषीमाथि कारवाही गर्न निवेदन दिएको छ ।

डनको रिपोर्ट अनुसार १४ वर्षकी किशोरीको विवाह चौगुणा बढी उमेरका व्यक्तिसँग भएको चर्चा चलिरहेको छ ।

पाकिस्तानका चित्रल प्रहरीका इन्स्पेक्टर सज्जाद अहमदले किशोरीका पिता घरमा नभएको र उनी घरमा आएपछि अनुसन्धान गरिने जानकारी दिए ।

पाकिस्तानी मिडियाका अनुसार मौलाना सलाहुद्दीन आयुबीको उमेर ५० वर्ष माथि छ । प्रहरी अधिकारीका अनुसार ती किशोरी गर्ल्स हाई स्कूलकी छात्रा थिइन् । स्कूलमा ती किशोरीको जन्म मिति २८ अक्टोबर सन् २००६ दर्ता गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप