कुमारी बैङ्कको अगुवाईमा माथिल्लो राहुघाट जलविद्युत आयोजनाको सहवित्तीयकरण सम्झौता
काठमाडौं । कुमारी बैङ्क लिमिटेडको अगुवाईमा सहवित्तीयकरण कर्जा अन्तर्गत अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तीय व्यावस्थापन भएको छ । तुदि पावर कम्पनीले निर्माण गर्न लागेको म्याग्दि जिल्ला भएर बग्ने राहुघाट खोलामा बन्न लागेको ४८.५० मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत परियोजनाको लागी आवश्यक वित्तीय व्यावस्थापन कुमारी बैङ्कले गरेको हो ।
उक्त सहवित्तीयकरण सम्झौता अन्तर्गत कुमारी बैङ्क बाहेक ग्लोबल आइएमई बैङ्क सह–अगुवाई बैङ्कको रुपमा रहेको छ भने अन्य सहभागी बैङ्कको रुपमा सिद्धार्थ बैङ्क, नेपाल क्रेडिट एन्ड कमर्ज बैङ्क र माछापुच्छ्रे बैङ्क रहेका छन् ।
यस परियोजनाको कूल लागत खर्च ८ अर्व ३० करोड मध्ये सहवित्तीयकरण बैङ्कहरुबाट जम्मा ऋण कर्जा ५ अर्व ८१ करोड प्रवाह हुनेछ । प्रवर्धक कम्पनीको मुख्य लगानीकर्ताको रुपमा हिमालयन इन्फ्रास्ट्रक्चर फन्ड, तुदि इन्भेष्टमेन्ट कम्पनी र महेश्वर प्रकाश श्रेष्ठ रहने छन् भने वैदेशिक लगानीकर्ताको रुपमा चिनियाँ कम्पनी, सिचुवान जी अन्ताई एनर्जी डेभेलपमेन्ट कम्पनी रहनेछ ।
परियोजनाबाट वि.स. २०८० सम्म विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ । जलविद्युत आयोजना राष्ट्रिय प्राथमिकता क्षेत्र अन्तर्गत पर्ने हुनाले, बैङ्क तथा वित्तीय संस्थाहरुले यस क्षेत्रमा लगानीको दायरा बढाइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समुन्नत राष्ट्र निर्माण गर्न लोकतान्त्रिक प्रणाली सबैभन्दा उत्तम’
-
१२ वर्षमा एक हजार दुई सयको मिर्गौला प्रत्यारोपण
-
धनुषाबाट अपहरण गरेर भारत लैजाँदै गरेको अवस्थामा ५ जना पक्राउ
-
चीनमा देव गुरुङले भने– नेपालमा माओवादीकै विचारको वरिपरि राजनीति छ
-
निर्वाचनका कारण पूर्वी सिमानाका बन्द
-
सुदूरपश्चिममा मन्त्रिपरिषद् विस्तार अन्योलमा