
प्रधानमन्त्रीले चारवटै सुरक्षा निकायका प्रमुख र मन्त्रीहरुलाई बालुवाटार बोलाए

काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रीहरु र चारवटै सुरक्षा निकायका प्रमुखहरुलाई बोलाएका छन् । आज बिहान बसेको राष्ट्रिय सुरक्षा परिषदको बैठकलगत्तै प्रधानमन्त्री ओलीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई बालुवाटारमा छलफलका लागि बोलाएका हुन् । सुरक्षापरिषद बैठकमा निर्वाचन र शान्ति सुरक्षाका विषयमा छलफल भएको थियो ।
एकैदिन सुरक्षापरिषद बैठक र मन्त्रिपरिषद बैठक गरी प्रधानमन्त्रीले मन्त्री र सुरक्षा निकायका प्रमुखहरुलाई छलफलमा बोलाउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । सुरक्षा परिषदको बैठकमा विप्लव नेतृत्वको नेकपामाथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ