टीभीएस ग्रान्ड एक्सचेञ्ज मेला बिहिवारबाट शुरु हुँदै
काठमाडौं । नेपालको लागि टीभीएस टू–ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्सले यहि फागुन १३ गते बिहिवारबाट टीभीएस ग्रान्ड एक्सचेञ्ज मेलाको आयोजना गर्ने भएको छ।
भृकुटीमण्डपमा सम्पन्न हुन लागेको उक्त मेला फागुन १३ गतेबाट १७ गतेसम्म ५ दिन आयोजना हुने छ। यो एक्स्चेञ्ज मेलामा ग्राहकले कुनै पनि कम्पनीको मोटरसाइकल वा स्कुटर लिएर गएर त्यसको सट्टामा टीभीएसको नयाँ मोटरसाइकल वा स्कुटर लिएर घर जान सक्ने छन्।
यस एक्सचेञ्ज मेलाअन्तर्गत ग्राहकले कुनै पनि कम्पनीको पुरानो मोटरसाइकल वा स्कुटरमा बजार मूल्य भन्दा थप १५ हजारसम्म मूल्याङ्कन पाउने छन् भने नयाँ सवारी खरिदमा १२ हजारसम्मको आकर्षक छुटको समेत व्यवस्था रहेको छ ।
यसैगरी सुरुवाती १८ महिनासम्म ०% व्याजदरको विशेष सुविधाका कारण यो मेला किस्ताबन्दीमा सवारी किन्न चाहनेका लागि समेत उत्साहजनक रहेको कम्पनीले जनाएको छ। किस्ताबन्दीको ईएमआई ५ हजार १ सय ९१ देखि सुरु हुनेछ। साथै यस मेलाअन्तर्गत मेला अघावै बुकिङ्ग गर्ने ग्राहकले २ हजार बराबरको सामान सित्तैमा प्राप्त गर्नेछन् ।
यस मेलामा ग्राहकले टेष्ट राइड मात्र गर्दा समेत बिभिन्न आकर्षक उपहारहरुसहित बम्पर उपहार स्वरुप थाइल्यान्ड भ्रमण प्याकेज प्राप्त गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महतले अघि बढाएका राम्रा काम रोक्दिन : अर्थमन्त्री पुन
-
नेपाललाई हिन्दु राष्ट्र बनाउन भारतले षड्यन्त्र गरेको छैन : अध्यक्ष माधव
-
पत्रकार महिलाको अवसर र चुनौतीको विषयमा छलफल
-
एनआरएनएको निर्वाचनमा अनलाइन भोटिङको युजर नेम र पासवर्ड दुरुपयोग : प्रतिवेदन
-
टी–२० क्रिकेट : तस्बिरमा हेर्नुहोस् आयरल्याण्ड र नेपालबिचको खेल
-
पार्टी एमालेलाई बुझाएर प्रचण्ड राष्ट्रपति बन्छन् : रामकुमार शर्मा, पूर्वमाओवादी नेता