शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

नेम्वाङले भने, ‘हामी प्रधानमन्त्रीको 'बर्थ डे'मा छौँ, फैसलाबारे थाहा छैन’

मङ्गलबार, ११ फागुन २०७७, १८ : ४१
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । नेकपा ओली पक्षका नेता सुवासचन्द्र नेम्वाङले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयबारे थाहा भैनसकेको प्रतिक्रिया दिएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णय बदर गरेपछि नेम्वाङसँग सम्पर्क गर्दा भने, ‘हामी अहिले प्रधानमन्त्रीको वर्थ डे मनाइरहेका छौ । केही थाहा पाइसकेका छैनौ । केहीबेरपछि कुरा गरौला ।’  

नेम्वाङ प्रतिनिधिसभा विघटनको पक्षमा थिए ।  ओलीले आज ७० औं जन्म दिवस मनाउँदैछन् । 

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् ।  सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गर्दै १३ दिनभित्र प्रतिनिधि सभा बैठक बोलाउन आदेश दिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप