बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

सर्वोच्च फैसलापछि ओलीको पहिलो कदम, पत्नीको पुस्तक सार्वजनिक

मङ्गलबार, ११ फागुन २०७७, १९ : १९
मङ्गलबार, ११ फागुन २०७७

काठमाडौं । संसद् पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलापछि प्रधानमन्त्री केपी ओलीले अब के गर्लान् ? यसबारे सबैलाई चासो छ । मंगलबार ७० औं जन्मदिन मनाएका ओलीले अदालतको फैसलापछि पनि  आफ्ना पूर्वनिर्धारित कार्यक्रमहरुलाई भने निरन्तरता दिएका छन् । अदालतको फैसलापछि ओलीले मंगलबार ‘मेरा अनुभूतिहरु’ नामक पुस्तक विमोचन गरे । यो पुस्तक प्रधानमन्त्री ओलीकी पत्नी राधिका शाक्यले लेखेकी हुन् ।  

बालुवाटार स्रोतले ओलीलाई जन्मदिनको शुभकामना दिने तथा पुस्तक विमोचन गर्ने कार्यक्रम पहिल्यै तय गरिएको र अदालतको फैसलाले त्यसमा प्रभाव नपारेको जनाएको छ । यद्यपी, बालुवाटार निकटकै एक व्यक्तिले अदालतको फैसलापछि ओलीले आगामी कदमबारे छलफलका लागि आफु निकटस्थहरुलाई बालुवाटार बोलाएका जनाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप