प्रम ओलीलाई प्रचण्डको चेतावनीः राजीनामा नदिएर अर्को मूर्खता नगर्नुहोला
काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री केपी शर्मालाई पदबाट राजीनामा दिन सुझाव दिएका छन् । प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई सर्वोच्च अदालतले बदर गरेसँगै प्रचण्डले अर्को मूर्खतापूर्ण कदम नचाल्न प्रम ओलीलाई चेतावनी दिएका हुन् ।
‘तपाईंको चालेको कदमले दुई महिनादेखि जनतामा ठूलो आवेग थियो । अब अलिकति पनि लाज छ भने, नैतिकता छ भने राजीनामा दिनुहोस्,’ प्रचण्डले भने, ‘अर्को मूर्खता गर्नु भयो भने राजा–महाराजाको भन्दा ठूलो दुर्गती हुनेछ । यो मेरो सुझाव हो ।’
उनले सर्वोच्चको सही ऐतिहासिक र साहसिक फैसलापछि आफूले गौरवको अनुभूति गरेको बताउँदै उनले यसलाई नेपाली जनताको जीत भएको जिकिर गरे । उनले देशभर विजयी र्याली मनाउन पार्टीका नेता–कार्यकर्ताहरुलाई निर्देशन दिए ।
उनले अब आफूहरु सबै दलहरूसँग सहमति गरेर अगाडि जाने प्रतिबद्धता पनि व्यक्त गरे । ‘हाम्रो लडाईं कुर्सीको निम्ति होइन । हामीले जनताको अगाडि जे भनेका थियौँ, त्यही गर्छौं,’ उनले भने ।
उनले केपी ओलीको पक्षमा पुनःस्थापित सांसदहरुलाई ओलीको गफ र धोकाधडीबाट भ्रममुक्त हुन अपिल गरे । ‘अब तपाईंहरु फेरि माननीय हुनुभएको छ । सेटिङ गर्दा जितिन्छ भनेर भ्रममा केपीको पक्षमा लाग्ने माननीय सांसदहरुलाई अब मूल पार्टीमा आउनुहोस् भन्न चाहन्छु । तपाईंहरूलाई स्वागत छ । अब केपीको भूल भुलैयामा बस्न पर्दैन ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अग्नि सापकोटाविरुद्धको रिट ‘हेर्दाहेर्दै’मा
-
लुम्बिनीका विना विभागीय ७ मन्त्रीले पाए जिम्मेवारी, कसलाई कुन मन्त्रालय ?
-
महोत्तरीका वनक्षेत्रमा फेरि डढेलो
-
१६ औँ योजनाको छलफलका लागि पूर्वप्रधानमन्त्रीदेखि ७५३ पालिकाका प्रतिनिधिलाई काठमाडौँ बोलाइयो
-
जर्मनीले गाजालाई फेरि मद्दत गर्ने
-
शिक्षकको जागिर छाडेर जनयुद्धमा होमिएका परियार बने मन्त्री