
पोखरामा पनि संसद पुनःस्थापनाको खुसियालीमा दिप प्रज्वलन

पोखरा । सर्वोच्च अदालतले संसद पुनःस्थापना गर्न दिएको आदेशको स्वागत गर्दै पोखरामा दीप प्रज्वलन गरिएको छ । सर्वोच्च अदालतको संसद् पुनःस्थापनाको आदेशको खुसीयालीमा प्रचण्ड नेपाल समूहका नेता कार्यकर्ताले पोखराको पृथ्वीचोकमा मंगलबार साँझ दीप प्रज्वलन गरेका हुन् ।
सहभागीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गर्दै नाराबाजी समेत गरेका छन् । दिप प्रज्वलन कार्यक्रममा सहभागी नेता धनराज आचार्यले सर्वोच्च अदालतले फैसलाले प्रधानमन्त्री ओलीले गरेको गलत निर्णयलाई सच्याएको प्रतिक्रिया दिए ।
उनले अदालतको यस फैसलाले राजनीतिमा नयाँ ध्रुवीकरण भएको बताए ।दिप प्रज्वलन कार्यक्रममा सहभागीले नालायक प्रधानमन्त्री राजीनामा दे, केपी विद्याको पाराले दुःख पाए साराले, प्रतिगामी होसियार लगायत नारा लगाएका थिए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ