ad
केन्द्रीय संस्करण

प्रचण्ड-माधव पक्षले गर्‍यो सर्वोच्चको फैसलालाई स्वागत

person explore access_timeफागुन ११, २०७७ chat_bubble_outline0

काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेको छ । सो पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले एक विज्ञप्ति जारी गरी प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गरेका हुन् । विज्ञप्तिमा उनले सर्वोच्च अदालतले संविधानको अक्षर, मर्म र भावनालाई आत्मसात गरी तदनुरुप संविधानसम्मत फैसला गरेर प्रतिनिधिसभालाई मात्र बचाएको नभई संविधान र लोकतन्त्रको रक्षामा समेत ऐतिहासिक योगदान पुर्याएको बताएका छन् ।

विज्ञप्तिमा भनिएको छः ‘यो फैसलाले संविधानलाई लिकमा ल्याएको छ र देशलाई प्रतिगमन तथा राजनीतिक संकटको अँध्यारो सुरुङमा धकेल्न चाहने सत्ता लोलुप सर्वसत्तावादी एवम् सबै प्रकारका अलोकतान्त्रिक तथा निरंकुश शक्तिहरुको अपेक्षा र षडयन्त्रलाई असफल बनाइदिएको छ । यो नेपाली जनता, संविधान, लोकतन्त्र, सत्य र न्यायको विजय हो ।’ विज्ञप्तिमा अदालतको यो निर्णयले फेरि एकपटक नेपालको अदालत सबै प्रकारका धम्की र दबाबहरुबाट मुक्त भई स्वतन्त्र ढंगबाट निर्णय गर्न सक्षम छ भन्ने पुष्टि भएको दाबी गर्दै पार्टीले यसको उच्च मूल्यांकन गर्दछ भनिएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.