बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कंगनाले आफूले कहिल्यै आइटम नम्बर नगरेको बताइन्, स्वराले प्रमाण दिँदा भनिन् ‘बी ग्रेड’ कलाकार

बुधबार, १२ फागुन २०७७, १० : ४७
बुधबार, १२ फागुन २०७७

अभिनेत्री कंगना रनावत बलिउड फिल्मकर्मीहरुमाथि प्राय निशाना साँधिरहन्छिन् । उनले धेरै कलाकारहरु विरुद्ध बयान दिइसकेकी छिन् । अहिले सामाजिक सञ्जालमा स्वरा भास्कर र कंगना एकअर्काविरुद्ध जुहारी खेलिरहेका छन् ।

कंगनाले आलिया भट्ट, दीपिका पादुकोण र कट्रिना​ कैफमाथि निशाना साँध्दै यी अभिनेत्रीहरुले झैं आफुले कहिल्यै फिल्ममा आइटम डान्स नगरेको दाबी गरेकी थिइन् । यस्तोमा स्वरा भास्करले कंगनाको यस दाबी खण्डन गर्दै उनको आइटम डान्स भिडियो सामाजिक सञ्जालमार्फत् सार्वजनिक गरिदिएकी छिन् । यो आइटम डान्स कंगनाले २०१३ मा प्रदर्शनमा आएको फिल्म रज्जोका लागि गरेकी थिइन् । 

स्वराले उक्त भिडियो शेयर गर्दै आफ्नो ट्वीटमा लेखेकी छिन्, ‘रज्जो फिल्ममा तपाईंको आइटम डान्स देखेर मज्जा आयो । तपाईं निकै राम्रो पर्फर्मर र डान्सर हुनुहुन्छ । यस्तो कुरा अझै देख्न चाहन्छु ।’ स्वराको यो ट्वीट सामाजिक सञ्जालमा भाइरल भएपछि कंगनाले पनि जवाफ फर्काएकी छिन् । ‘जब म ए लिस्टर कलाकारहरुमाथि प्रश्न उठाउँछु, तब बी लिस्टर कलाकारहरु सिपाही बनेर उनीहरुको बचाउमा आउँछन् । आइटम नम्बर एउटा त्यस्तो डान्स नम्बर हो, जसको फिल्मको कथासँग कुनै लेना–देना हुँदैन । जहाँ महिलाहरुका लागि अपमानजनक भाषा प्रयोग गरिएको हुन्छ ।’

कंगनाले थपेकी छिन्, ‘यो कुरा बी ग्रेडले बुझ्दैनन् । जुन, मैले सञ्जय भन्साली र फराह खानको आइटम गीतका बारेको भनेको थिएँ – जसलाई ढिला राती केही ए लिस्टर्स कलाकारहरु राखेर बनाइन्छ । म आज जे छु, त्यसका लागि मैले धेरै बलिदानी गरेको छु ।’ कंगनाको यो यो ट्वीट पनि भाइरल भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप