शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

जमुनाले ल्याइन् ‘स्वर्ग झैं लाग्छ’

बुधबार, १२ फागुन २०७७, १२ : २०
बुधबार, १२ फागुन २०७७

काठमाडौँ । गायिका जमुना वनको नयाँ गीत ‘स्वर्ग झैं लाग्छ’ सार्वजनिक भएको छ । पूजा लामाको शब्द रहेको गीतमा सुरज तामाङले संगीत दिएका छन् । गीतको एरेन्ज देवेश राईले गरेका हुन् ।
गीतको भिडियोमा सम्राट डिवन र टुटुना बथारीको अभिनय देख्न सकिन्छ । भिडियो न्युटोन लांथासाले निर्देशन गरेका हुन् ।

पृथ्वीराज दुत्ताको छायांकन रहेको भिडियोमा रितुराज दत्त र तिलक रन्जनको सम्पादन रहेको छ । गीत आफूले धेरै मिहिनेतका साथ बनाएकोले दर्शकले पनि रुचीमा पर्ने गायिका जमुनाले आस गरेकी छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप