बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

नेपाल बैङ्कको सञ्चालक समितिका नव नियुक्त अध्यक्ष मरासिनीद्वारा शपथ, बैङ्कको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउने प्रतिवद्धता

बुधबार, १२ फागुन २०७७, १२ : ५७
बुधबार, १२ फागुन २०७७

काठमाडौं । नेपाल बैङ्कमा अर्थ मन्त्रालयको तर्फबाट सञ्चालक समितिको अध्यक्ष पदमा नियुक्त भएका मधु कुमार मरासिनीले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बैङ्क सञ्चालक समितिका नव नियुक्त अध्यक्ष मधुकुमार मरासिनीले नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीबाट पद तथा गोपनियताको शपथ लिए ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका गर्भनर महाप्रसाद अधिकारीले नव नियुक्त अध्यक्षलाई बधाई तथा शुभकामना दिँदै प्रतिस्पर्धी ब्याजदर, समयानुकूल नीति/रणनीतिको माध्यमबाट बैङ्कको वित्तीय अवस्थालाई अझ मजबुत बनाउन साथै विपन्न वर्ग कर्जा, सहुलियतपूर्ण कर्जाको विस्तारबाट उद्यमशीलताको विकास र रोजगारी सिर्जना गर्न नेपाल बैङ्कको विशेष योगदान रहने विश्वास व्यक्त  गरे ।

उक्त कार्यक्रममा नव नियुक्त अध्यक्ष मरासिनीले नेपालको पहिलो बैङ्कको सञ्चालक समितिको अध्यक्षको जिम्मेवारी निर्वाह गर्ने अवसर प्राप्त भएकोमा खुशी व्यक्त गर्दै यस जिम्मेवारीका लागि नेपाल सरकार, नेपाल राष्ट्र बैङ्क  तथा बैङ्क  सञ्चालक समितिका सदस्यहरुप्रति हार्दिक धन्यवाद दिए । उनले बैङ्कको वित्तीय परिसूचकहरुमा थप सुधार ल्याउन तथा बैङ्कको व्यवसायिक विकासका लागि बैङ्कलाई नयाँ उर्जा र गतिका साथ अघि बढाउन प्रयत्नशील रहने प्रतिबद्वता व्यक्त गरे ।

शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैङ्कका डेपुटी गर्भनरद्वय चिन्तामणी शिवाकोटी र शिवराज श्रेष्ठ, बैङ्क तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, बैङ्क सुपरिवेक्षण विभागका कार्यकारी निर्देशक मुकुन्द क्षेत्री लगायत नेपाल राष्ट्र बैङ्कका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप