इक्वेडरमा जेलमा दङ्गा भड्कियो, कम्तीमा ७५ जनाको मृत्यु
एजेन्सी । इक्वेडरमा मङ्गलबार तीन ओटा जेलमा भएको दङ्गामा परी कम्तीमा ७५ व्यक्तिको मृत्यु हुनुको साथै अन्य कयौ घाइते भएका प्रहरी स्रोतले जनाएको छ । पश्चिमी बन्दरगाह शहर ग्वायाकिलमा रहेको एक जेलमा २१ जनााको मृत्यु भएको छ । यस्तै गरी अर्को एक जेलमा ३३ जना र तेस्रो जेलमा २९ जनाको मृत्यु भएको जनाइएको छ ।
इक्वेडरका राष्ट्रपति लेनिन मोरेनोले ट्वीटरमा तीन ओटा जेलमा एकसाथ भएको यस हिंसामा आपराधिक संगठनको हात रहेको आरोप लगाएका छन् । जेलमा पुनः नियन्त्रणको लागि प्रहरी अधिकारीहरूले काम गरिरहेको मोरेनोले बताएका छन् । उक्त विद्रोह रोक्न प्रहरीको सहयोग गर्न सेनालाई पनि खटाइएको उनले थप जानकारी दिएका छन् ।
मानवअधिकारवादी संस्थाले यसलाई हिंसालाई ‘अभूतपूर्व नरसंहार’ को संज्ञा दिदै मुलुकमा सुरक्षाको अभावमा चिन्ता व्यक्त गरेको बताइएको छ ।
गत वर्ष पनि कैदीको विवादमा ५१ व्यक्तिको मृत्यु भएको थियो । गतवर्ष देशका अपराधी गिरोहको गतिविधि नियन्त्रण र हिंसा कम गर्न प्रयासको लागि जेलमा आपतकालिन अवस्थाको आदेश राष्ट्रपति मोरेनोले दिएका थिए । गत डिसेम्बरमा पनि जेल अस्थिरताको कारण ११ कैदी मृत्यु हुनुको साथै सात घाइते भएका थिए । -एएफपी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र लिङ्देनलाई बालेनले तोके जरिवाना
-
म्यान्माको कारागारमा झडप हुँदा ४ जनाको मृत्यु, ८ घाइते
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु