मदिराको लतले मृत्युको मुखसम्म पुगिसकेकी थिइन् पूजा भट्ट, पिताको एउटा कुराले फेरियो जीवन
नायिका, निर्माता तथा निर्देशक पूजा भट्ट ४९ वर्ष पुगेकी छिन् । पूजा भट्ट निकै अघि देखि नै विवादमा आउने गरेकी छिन् । उनले फिल्म ड्याडी (सन् १९८९) मार्फत् बलिउड डेब्यू गरेका थिए । यसलाई उनका पिता महेश भट्टले निर्देशन गरेका थिए । त्यतिबेला पूजा १७ वर्षकी थिइन् । यो फिल्ममा उनलाई निकै बोल्ड अन्दाजमा पेश गरिएको थियो । फिल्मका लागि पूजालाई फिल्मफेयर न्यू फेस अफ द इयरको अवार्ड पाएका थिए ।
१६ वर्षको उमेरमा मदिरा पिउन थालेकी थिइन् पूजाः
भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार पूजा भट्टले १६ वर्षको उमेरदेखि नै मदिरा पिउन सुरु गरेकी थिइन् । उनलाई मदिराको यस्तो लत लाग्यो कि उनी दिनदिनै मदिरा नखाए बस्नै नसक्ने भइन् । यद्यपि, ४५ वर्ष पुगिसकेपछि भने उनलाई मदिरा नछोडे आफू यो संसारमा केही दिनको लागि मात्रै पाहुना हुने महसुस गरिन् । उनलाई आफू अन्तिम अवस्थामा पुग्न लागेको महसुस भएको थियो ।
अब मदिरा छुँदै छुन्नन्ः
पूजा भट्टले सन् २०१६ २४ डिसेम्बरमा मदिरा छोड्ने बाचा गरिन् र अहिलेसम्म चार वर्ष भयो उनले मदिरा छोएकी समेत छैनन् ।
पिताको यो कुरा सुनेर भयो गल्ती महसुसः
पूजाकमा पिता महेश भट्ट र उनका कैबरे निर्देशक कौस्तुवको बलियो समर्थनका कारण पूजा मदिराजस्तो खराब लतबाट बाहिर निस्कन सफल भइन् । महेश भट्टको एउटा कुराले पूजालाई आफ्नो गल्ती महसुस भयो । महेशले भनेका थिए, ‘यदि तिमी मलाई प्रेम गर्छौ भने आफूलाई पनि प्रेम गर किनभने म आफैं तिमीभित्र बाँच्छु ।’ पिताको यहि एउटा कुराले पूजालाई स्वस्थ जीवन बाँच्न प्रेरित गर्यो ।
मदिराका कारण साथीलाई गुमाइसकेकी छिन्ः
रिपोर्टका अनुसार मदिराले महेशलाई के गरेको थियो त्यसबारे पूजा भट्टलाई राम्रो सँग थाहा छ । पूजाका आमाबुवा (महेश र किरण भट्ट) को विवाह मदिराका कारण नै टुटेको बताइन्छ । मदिराका कारण पूजाले आफ्नी ४० वर्षकी साथीलाई पनि गुमाइन् र साथीको मृत्युमा दुःखी भएपछि उनी थप मदिरा पिउन थालिन् ।
यद्यपि, अब पूजा पूर्ण रुपमा मदिराको लतबाट बाहिर निस्किसकेकी छिन् । उनको घरमा अहिले पनि फूल स्टक बार छ । तर अब यो उनका साथी र पाहुनाका लागि मात्रै हो ।
अभिनयसहित निर्देशनमा पनि हात हालिन्ः
सन् १९९१ मा रिलिज भएको पूजाको फिल्म ‘दिल हे कि मानता नहीं’ उनको करियरको सबैभन्दा हिट फिल्म रह्यो । आमिर खान स्टारर यो फिल्ममार्फत् उनले दर्शकको अत्यधिक वाहवाही बटुलिन् । सञ्जय दत्तसँग सन् १९९१ मा रिलिज भएको ‘सडक’ मा उनको अभिनयलाई धेरैले रुचाए । पूजाको अन्तिम फिल्म सन् २००१ मा रिलिज ‘एवरीबडी सेज आइ एम फाइन’ थियो । सन् २००४ मा उनले फिल्म ‘पापा’ मार्फत् निर्देशनमा हात हालिन् । सन् १९९६ मा उनले पूजा भट्ट प्रोडक्सन कम्पनी खोलिन् । यसमार्फत् ‘तमन्ना’ रिलिज भयो ।