शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रचण्ड-माधव पक्षका सांसदहरुलाई उपत्यका नछाड्न निर्देशन

बुधबार, १२ फागुन २०७७, १९ : २६
बुधबार, १२ फागुन २०७७

काठमाडौं । नेकपा प्रचण्ड-माधव पक्षले आफ्ना सांसदहरुलाई अत्यावश्यक काम बाहेक उपत्यका नछाड्न निर्देशन दिएको छ । सिंहदरबारमा आज बसेको सो पार्टीको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले सांसदहरुलाई सो निर्देशन दिएका हुन् ।

बैठकमा अध्यक्षद्वयले प्रतिगामी र प्रतिक्रान्तिकारी विरुद्धको लडाई जारी रहेकोले सतर्क रहन समेत सांसदहरुलाई सचेत गराएका छन् । बैठकले संविधान र संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरु एक भएर अघि बढ्नुपर्ने निष्कर्ष समेत निकालेको सो पार्टीका केन्द्रीय सदस्य तथा सांसद यज्ञराज सुनारले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप