शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

२१ फागुनबाट ‘कमेडी च्याम्पियन सिजन– २’

बुधबार, १२ फागुन २०७७, २२ : १६
बुधबार, १२ फागुन २०७७

काठमाडौँ । ‘कमेडी च्याम्पियन सिजन– २’ फागुन २१ देखि प्रसारणमा आउने भएको छ । बुधबार काठमाडौं आयोजित एक कार्यक्रमका बीच शोको औपचारिक घोषणा गरिएको हो । शो कान्तिपुर टेलिभिजनबाट प्रसारणमा आउन लागेको हो । शोका निर्देशक विशाल भण्डारी गत वर्ष आर्थिक समस्याका कारण सोचेको जस्तो शोमा गर्न नसकिएकोले यो सिजन भव्य बनाउने बताए ।

कान्तिपुर टिभीका दिनेश डिसीले कमेडी च्याम्पियन टिमसँग सहकार्यलाई लिएर उत्साहित भएको बताए । उनले आगामी ५ वर्षका लागि शो टिभीले लिएको जानकारी दिए । ‘कमेडी च्याम्पियन–२’ का लागि देश तथा विदेशबाट ६ हजारभन्दा बढि डिजिटल अडिसन प्राप्त भएको थियो । ६ हजारमध्ये १ सय ८० प्रतियोगीलाई काठमाडौं बोलाएर फिजिकल अडिसन गरियो । जसबाट उत्कृष्ट २४ प्रतियोगीहरु छनोट भएका छन् ।

कमेडी च्याम्पियनका निर्णायकहरुमा गत वर्षकै सन्तोष पन्त, मनोज गजुरेल, प्रदीप भट्टराई र ऋचा शर्मा निरन्तरता पाएका छन् ।  रीमा विश्वकर्मा उद्घोषक रहेको शोको निर्मातामा अभिनेत्री केकी अधिकारी, विशाल भण्डारी, रीमा विश्वकर्मा र राज घिमिरे रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप