बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

बेलायतमा करिब १० हजार संक्रमित, ४४२ को मृत्यु

बुधबार, १२ फागुन २०७७, २३ : ३३
बुधबार, १२ फागुन २०७७

लन्डन । कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा करिव १० हजार नयाँ संक्रमित थपिएका छन्  । ‘डिपार्टमेन्ट अफ सोसल केयर’ ले दिएको पछिल्लो जानकारीअनुसार बुधबार थप ९ हजार ९३८ जना नयाँ संक्रमित थपिएका हुन् । थपिएका नयाँ संक्रमितसँगै  बेलायतमा कोरोना संक्रमितको संख्या ४१ लाख ४४ हजार ५७७ पुगेको छ ।

यसैगरी पछिल्लो २४ घन्टामा बेलायतमा ४४२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै बेलायतमा कुल मृतक संख्या एक लाख २१ हजार ७४७ पुगेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । हाल बेलायतका उपचार गरिरहेका कोरोना संक्रमितको संख्या १६ हजार ८०३ मा झरेको छ । यसैगरी भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या पनि दुई हजार २७३  पुगेको छ ।

एक करोड ८२ लाख बढीले लगाए खोप

बेलायतमा कोरोना विरुद्धको खोप अभियान शुरु भएयता एक करोड ८२ लाख बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । मंगलबार सार्वजनिक तथ्याँकअनुसार हालसम्म एक करोड ८२ लाख ४२ हजार ८७३ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिएका छन् । यसैगरी ६ लाख ६९ हजार १०५ जनाले खोपको दोस्रो डोज समेत लिइसकेका छन् । हाल बेलायतमा ६५ देखि ६९ वर्ष बीचकालाई खोप वितरण गरिँदैछ ।

संक्रमण दरमा आएको कमीसँगै बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले चरणवद्ध रुपमा हाल जारी लकडाउनलाई हटाउँदै जाने घोषणा गरेका छन् । प्रधानमन्त्रीद्वारा जारी ६८ पृष्ठ लामो मार्गचित्रमा आउँदो मार्च ८ तारिख, मार्च २९, अप्रिल ३०,मे १७ र जुन १२ मा गरि विभिन्न चारवटा चरणमा लकडाउन खोलिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप