शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

हेर्नुहोस् तपाईंको आजको राशिफल

बिहीबार, १३ फागुन २०७७, ०६ : ००
बिहीबार, १३ फागुन २०७७

वि.सं. २०७७ साल फाल्गुन १३ गते । बिहीबार । इस्वी सन् २०२१ फेब्रुअरी २५ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४२ । माघ शुक्लपक्ष । तिथि–त्रयोदशी,  २३ घडी १३ पला,  दिउसो ०३ बजेर ५२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र– तिष्य, १३ घडी ४१ पला, मध्यान्ह १२ बजेर ०३ मिनेट उप्रान्त अश्लेषा । योग– शोभन, ४४ घडी ५६ पला, रातको १२ बजेर ३३ मिनेट उप्रान्त अतिगण्ड । करण– तैतिल, दिउँसो ०३ बजेर ५२ मिनेट उप्रान्त गर, रातको ०३ बजेर ३९ मिनेट उप्रान्त वणिज । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–कर्कट ।

काठमाडौँमा सूर्योदय बिहान ०६ बजेर ३४ मिनेट, सूर्यास्त बेलुकी ०६ बजेर ०० मिनेट । दिनमान २८ घडी ३४ पला । सौभाग्य सूर्पदान।

मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) घरजग्गा तथा सवारी साधनको व्यापार व्यावसायबाट सन्तोषजनक नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । विद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछाडि परेको भान हुनेछ । छातीसम्बन्धी समस्याले नसताउला भन्न सकिन्न । आमा तथा आमासरहका मानिससँग विवाद हुनेछ । प्रेम प्रसङ्गमा रमाउने चाहनेहरुका लागी समय मध्ययम रहेको छ । तर पनि कृषि तथा पशुपालन व्यावसाय भने फस्टाएर जानेछ ।

वृष (ई, ऊ, ए, ओ, वा, वी, वु, वे, वो) छोटो तथा रमाइलो यात्रा हुने भए पनि गन्तव्यमा पुग्नुभन्दा पहिला नै विभिन्न बाधा अवरोधहरुको सामना गर्नुपर्नेछ । व्यापार व्यावसायबाट खासै आम्दानी हुने छैन भने लगानी गर्नको लागि केही समय पर्खनु नै राम्रो हुनेछ । अध्ययनमा मन नजाने हुँदा अरुभन्दा पछि परिनेछ । माया प्रेममा मनमुटाव सिर्जना हुनेछ भने जीवनसाथीसँग असमझदारी बढ्नाले दैनिक कामहरु प्रभावित हुनेछन् । न्यायिक निर्णयहरु तपाईंको पक्षमा नआउने हुनाले यस्ता क्रियाकलापमा सामेल नहुनुहोला ।

मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) साथीभाइ तथा आफन्तसँगै रहेर स्वादिष्ट भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा पहिले गरेका लगानीबाट मनग्य धन लाभ हुने योग रहेको छ । दमदार बोलीको प्रभावले नसोचेको कामहरु हुने तथा सबैले तपाईंको तारिफ गर्नेछन् । न्यून श्रमबाट मनग्य आम्दानी गर्न सकिने समय रहेको छ । पढाइ लेखाइमा राम्रो प्रगति गर्न सकिने समय रहेको छ । प्रेममा सफलता प्राप्त हुने तथा नयाँ योजनाका साथ अगाडि बढ्न सकिनेछ ।

कर्कट (ही, हु, हे, हो, डा, डी, डु, डे, डो) प्रतिष्ठित काम गर्ने अवसर आउनेछ भने विशिष्ट व्यक्तिहरु नजिकिने छन् । कन्फिडेन्ट पावर बढ्ने हुँदा उपलब्धिमूलक कामहरु बन्नेछन् । राजनीति तथा समाजसेवामा समय दिनेहरुले पद पाउने समय रहेकोछ । व्यापार व्यावसाय फस्टाएर जाने तथा आम्दानीका स्रोतहरु फराकिला हुनेछन् । सुन्दर तथा विलासी सामानको प्रयोगमार्फत अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ ।

सिंह (मा, मी, मु, मे, मो, टा, टी, टु, टे) स्वास्थ्यमा गडबड आई दैनिक कामकाज बिग्रने खतरा रहेको छ सचेत रहनुहोला । व्यापारमा लगानी गर्न केही समय पर्खनु राम्रो रहेको छ । तर पनि विदेशमा उत्पादित सामानहरुको व्यापार फस्टाएर जानेछ । पढाइ लेखाइमा मन नजाने तथा अल्छी गर्नाले नतिजा बिग्रनेछ । प्रेममा एकअर्कालाई अविश्वास गर्नाले तथा नचाहँदा नचाहँदै टाढिनुपर्दा मनमा नरमाइलो लाग्नेछ ।

कन्या (टो, पा, पी, पू, ष, ण, ठ, पे, पो) तरल पदार्थ तथा पानीसँग सम्बन्धित व्यापारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । घर परिवारबाट प्रशस्त सहयोग हुने तथा बुबाको सल्लाह मान्दै अगाडि बढ्दा मनग्य फाइदा हुनेछ । पढाइलेखाइमा सुधार गर्दै लान सकिनेछ तथा वित्तीय क्षेत्रसँग सम्बन्धित कामबाट रुपैयाँ पैसा कमाउन सकिनेछ । छोटो समय तथा सानो प्रयत्नले काम बन्ने हुँदा मन प्रसन्न हुनेछ । भाग्यले प्रेम पात्र जुराउने ग्रहयोग रहेको छ ।

तुला (रा, री, रु, रे, रो, ता, ती, तु, ते) समय राम्रो नभएकाले राज्यबाट पाउने सेवा सुविधाबाट वञ्चित हुनुपर्नेछ । व्यापार व्यावसायमा लगानी गरे पनि लाभ थोरै मात्र हुनेछ । पैत्रिक स्रोत तथा प्राकृतिक स्रोत साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । अध्ययनमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ तापनि आफन्त तथा मन परेको मानिससँग रमाइलो यात्राको तय गर्न सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनासहितको समर्थन पाइने छ ।

वृश्चिक (तो, ना, नी, नु, ने, नो, या, यी, यु) भाग्यले साथ दिने हुँदा सानो प्रयत्नले ठूलो काम बन्नेछ । धर्म तथा अध्यात्मतिर ध्यान जाने हुनाले शरीरले सकारात्मक उर्जा ग्रहण गर्नेछ । आफन्तहरुको सहयोगले उपलब्धिमूलक कामहरु बन्नेछन् भने दैनिकीलाई सहज रुपमा परिणत गर्न सकिनेछ । धार्मिक तथा अध्ययन यात्राको अधिक सम्भावना रहेको छ । नयाँ काम गरी आम्दानीका स्रोत बढाउन सकिनेछ । प्रेममा सामिप्यता बढेर जानेछ । 

धनु (ये, यो, भा, भी, भू, ध, फा, ढा, भे) परिवार तथा आफन्त जनसँग मनमुटाव बढ्नेछ भने पतिपत्नी तथा माया प्रेममा अविस्वास सिर्जना हुनेछ । सवारी साधन तथा यात्रा गर्दा विशेष ध्यान दिनुहोला दुर्घटना तथा अप्रिय घटना घट्न सक्छ । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । स्वास्थ्यसम्बन्धी समस्याले सताउनेछ भने आफन्त तथा विश्वास गरेकैहरुबाट धोका हुनेछ ।

मकर (भो, जा, जी, जु, जे, जो, ख, खी, खु, खे, खो, गा, गी) व्यावसायिक यात्रा हुने भए पनि उपलब्धि भने न्यून हुनेछ । माया प्रेममा अविश्वास बढ्नेछ भने जीवन साथीसँग असमजदारी बढ्ने हुनाले कामहरु समयमा गर्न सकिने छैन । व्यापार व्यापारमा लगानी  गरे पनि आम्दानी कम हुनेहुँदा दैनिकी चलाउन हम्मेहम्मे पर्नेछ । स्वास्थ्यसम्बन्धी सामान्य समस्या आउने तथा कामहरु प्रभावित हुनेछन् । अध्ययनमा मन नजाने हुनाले अरुभन्दा पछि परिनेछ ।

कुम्भ (गू, गे, गो, सा, सी, सू, से, सो, दा) मुद्दामामिला तथा न्यायिक निकायबाट हुने निर्णयहरु पछिको लागि सार्नु नै उपयुक्त हुनेछ किनकि आज आउने फैसला तपाईंको पक्षमा हुनेछैन । व्यापार व्यावसायमा समय दिए पनि आम्दानी कम हुनेछ । खर्च बढ्नाले आर्थिक व्यावस्थापन गर्न असजिलो हुनेछ । नोकरी तथा पढाइमा हुने प्रतिस्पर्धामा विजय हुन कडा मिहिनेत गर्नुपर्नेछ । पुराना समस्या पुन: बल्झन तथा ऋण लाग्नेछ ध्यान दिनुहोला । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यसम्बन्धी समस्या आउन सक्छ ।

मीन (दी, दू, थ, झ, ञ, दे, दो, चा, ची) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने समय रहेकोछ । शेयर बजार तथा चिट्ठाको व्यावसाय फस्टाएर जानेछ भने खाद्यान्न तथा मेडिकल व्यावसायमा लगानी गरी धन सम्पत्ति कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने आत्मीय मित्रको साथ रहने हुनाले महत्त्वपूर्ण उपलब्धि हासिल गर्न सकिनेछ । आफन्त तथा सन्तानबाट तपाईंको काममा सहयोग हुने हुँदा मन प्रसन्न रहनेछ । सन्तान तथा छोराछोरीको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरु गर्न सकिनेछ ।

तपाईंको दिन शुभ रहोस् ।

युवा ज्योतिषी डीपी भण्डारी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ज्योतिषि डीपी भण्डारी
ज्योतिषि डीपी भण्डारी

ज्योतिष परामर्ष सेवा केन्द्र, काठमाडौं

लेखकबाट थप