नेपाल–अमेरिका सम्बन्ध थप बलियो हुन्छ :बाइडेन
संयुक्त राज्य अमेरिकाका राष्ट्रपति जो बाइडेन समक्ष अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छ् । कोरोना भाइरस सङ्क्रमणका कारण पत्राचारमार्फत ओहोदाको प्रमाणपत्र बुझाइएको हो ।
नवनियुक्त राजदूत खतिवडाले बुझाएको ओहोदाको प्रमाणपत्र राष्ट्रपति बाइडेनले स्वीकृत गर्दै उनलाई अमेरिकामा कूटनीतिक व्यक्तिका रूपमा स्वागत गरे । साथै राष्ट्रपति बाइडेनले आफ्नो सरकार दुई देशको सम्बन्ध थप बलियो बनाउन र साझा कार्यसूचीमा एक साथ काम गर्न इच्छुक रहेको बताएका छन् ।
ओहोदाको प्रमाणपत्र बुझाउने क्रममा राजदूत खतिवडाले नेपालका प्रधानमन्त्री तथा नेपाली जनताको तर्फबाट राष्ट्रपति बाइडेनको सफल कार्यकाल, सुख र स्वास्थ्यको कामना गर्नुका साथै अमेरिका र त्यहाँको जनताको समृद्धिका लागि शुभकामना व्यक्त गरेका थिए ।
साथै उनले राष्ट्रपतिले व्यक्त गरेको शुभेच्छा र न्यानो स्वागतका लागि धन्यवाद प्रकट गरे । राजदूत खतिवडाले नेपालको समग्र विकासमा अमेरिकी सरकारले गरिरहेको सहयोगको सराहना गर्दै आगामी दिनमा बहुपक्षीय क्षेत्रमा सम्बन्ध विस्तार गरेर दुई देशबीच गहिरो र फराकिलो सम्बन्ध बनाउन सहकार्य गर्ने चाहना व्यक्त गरेको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ ।
आजको गोरखापत्र दैनिकमा समाचार छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतको सहयोगमा दार्चुलामा ६ करोड लागतमा दुई विद्यालय भवन
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग