अब सञ्चय कोषको कारोबारको तत्काल जानकारी पाइने
काठमाडौँ । सञ्चयकर्ताले अबदेखि कोषमा दाखिला भएको रकमबारे तत्काल नै जानकारी पाउने भएका छन् । कोषमा रकम जम्मा भए नभएको नै जानकारी नपाइरहेका सञ्चयकर्ताका लागि वास्तविक समयमा नै जानकारी दिनेगरी महालेखा नियन्त्रक कार्यालय र कर्मचारी सञ्चय कोषले संयुक्त रूपमा नयाँ विद्युतीय सरकारी लेखा प्रणालीको सुरु गरेका हुन् ।
यस प्रणालीमार्फत नेपाल सरकार तथा सातै प्रदेश सरकारका निकायहरूमा कार्यरत कर्मचारीको कारोबारको वास्तविक समयमा नै व्यक्तिगत खातामा विद्युतीय माध्यमबाट लेखाङ्कन हुनेछ । यसबाट सञ्चयकर्ताले सञ्चय कोष, निवृत्तभरण कोष तथा कर्मचारी सञ्चय कोष सापटी भुक्तानी रकम कारोबारको वास्तविक समयमा जानकारी पाउन सक्नेछन् ।
प्रणालीको कार्यान्वयनबाट कारोबारको सञ्चय कोष, निवृत्तिभरण कोष तथा सापटी भुक्तानी हुने भएकाले सञ्चय कोष रकम व्यक्तिगत खातामा जम्मा नहुने र हराउने, दोहोरो प्रविष्ट हुने, घटी बढी दाखिला हुने तथा एकै व्यक्तिका धेरैवटा खाता रहनेलगायतका समस्या समाधान हुने अपेक्षा गरिएको छ । प्रणालीको बुधबार आयोजित एक कार्यक्रममा अर्थ मन्त्रालयका राजस्व सचिव तथा कर्मचारी सञ्चय कोषका अध्यक्ष रामशरण पुडासैनी तथा महालेखा नियन्त्रक मधुकुमार मरासिनीले संयुक्त रूपमा शुभारम्भ गरेका थिए । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महिला सशक्तीकरणको मुख्य आधार आर्थिक सबलीकरण हो : प्रधानमन्त्री
-
एसईई परीक्षामा चिट चोराउने शिक्षक र नक्कली गार्ड पक्राउ
-
दोस्रो सातामा ‘महाजात्रा’
-
संसद् अवरोध हटाउन दलहरूबिच छलफल हुन्छ : सभामुख घिमिरे
-
लिभरपुलाई महत्त्वपूर्ण उपलब्धि दिलाउने फुटबलर लोयडको निधन
-
नेपालमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे प्रभावकारी रूपमा आवाज उठायौँ: सभामुख घिमिरे