शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

अदालतले भन्यो – विवाहपछि महिलाले घरको काम गरिन्, ९ लाख क्षतीपूर्ती देउ; भनियो, ‘योभन्दा बढी त सहयोगीले लिन्छन्’

बिहीबार, १३ फागुन २०७७, १० : १६
बिहीबार, १३ फागुन २०७७

चीनमा सम्बन्धविच्छेदको एउटा मुद्दाको विषयमा सोसल मिडियामा असाध्यै बहस भइरहेको छ । अदालतले आफ्नो निर्णयमा विवाहपछि महिलाले श्रीमानको घरमा पाँच वर्षसम्म काम गरेकोले ८ हजार डलर (९ लाख रुपैयाँ) क्षतीपूर्तीको रुपमा प्रदान गर्न आदेश दिएपछि यसले मानिसहरुको ध्यान केन्द्रीत गरेको छ ।

यो निर्णयपछि चिनियाँ मानिसहरु सोसल मिडियामा अदालतको असाध्यै मजाक उडाइरहेका छन् । मानिसहरुले भने, ‘श्रीमान्, योभन्दा बढी त घरका सहयोगीले लिन्छन् । तपाईंले महिलाको जीवनलाई यति सस्तो ठान्नुभएको छ ?’

सोसल मिडियामा यसरी व्यक्त गरे रोषः

सोसल मिडियामा एक प्रयोगकर्ताले भने, ‘एक पूर्ण कालीन सहयोगीले ६ महिनामा नै योभन्दा बढी पैसा लिन्छन्, के महिलाको जीवन यति सस्तो छ ? एक घरेलु सहयोगीको वार्षिक आय १० हजार युआनभन्दा बढी हुन्छ । त्यो हिसाबले क्षतीपूर्ती रकम निकै कम छ ।’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘महिलाले कहिले पनि श्रीमतीको रुपमा घरमा बस्नु हुँदैन जब तपाईंको सम्बन्धविच्छे हुन्छ तपाईंसँग केही पनि हुँदैन । घरमा काम गरेको बदलामा ५० हजार युआन, बकवास हो ।’

यद्यपि, अदालतले उनको श्रीमानलाई जति पैसा दिन आदेश दिएको छ, त्यो उनको कमाईको हिसाबले दिइएको जानकारी दिएको छ ।

अदालतले निर्णयमा के भन्यो ?

अदालतले भनेको छ, ‘यो वर्ष लागू हुने देशको नयाँ सिभिल कोडका अनुसार सम्बन्धविच्छेद गर्ने दम्पत्तिमध्ये कसैले यदि घरको अतिरिक्त जिम्मेवारी सम्हालेको छ भने यसका लागि क्षतीपूर्ति लिने अधिकार छ ।’

यहाँ वाङ नामकी महिलाले आफ्ना श्रीमान् चेनसँग सम्बन्धविच्छेद गरेकी छिन् ।

महिलाले २७ लाख रुपैयाँ क्षतीपूर्ती मागेकी थिइन्ः

श्रीमानसँग सम्बन्धविच्छेदको माग गर्ने वाङ नामकी महिलाले अदालतसमक्ष पाँच वर्षसम्म चलेको उनको विवाहमा उनले नै बच्चाको हेरविचार गर्ने, घरको सबै काम गर्ने गरेको बताए । उनका अनुसार उनका श्रीमान चेन अफिस जानेबाहेक घरमा अरु केही पनि काम गर्दैनथे त्यसैले आफूले क्षतीपूर्ती स्वरुप २७ लाख पाउनुपर्ने उनको माग थियो ।

वाङले घरको काम र बच्चा सम्हालेका कारण बढी क्षतीपूर्तीको माग गरेकी थिइन् । तत्पश्चात् अदालतले वाङले घरको काम गरेका कारण ५० हजार युआन (८ लाख रुपैयाँ बढी) र बच्चाको कस्टडी र अतिरिक्त २००० युआन हरेक महिना पाउने निर्णय सुनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप