शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

बिहीबार, १३ फागुन २०७७, १२ : ५९
बिहीबार, १३ फागुन २०७७

नेपाली बजारमा बिहीबार सुनको मूल्य सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा ८९ हजार ८०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार घटेर तोलामा ८९ हजार ३०० रुपैयाँमा कारोबार भएको हो । 

यस्तै तेजाबी सुन तोलामा ८८ हजार ८५० रुपैयाँमा कारोबार भएको छ । 
यसैबीच बिहीबार चाँदीको मूल्य भने सामान्य वृद्धि भएको छ । बुधबार तोलामा १३४५ रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार बढेर १३५५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप