शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

भोजपुरी फिल्ममा भिलेन प्रशान्त

बिहीबार, १३ फागुन २०७७, १३ : ३१
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । अभिनेता प्रशान्त ताम्राकार भोजपुर फिल्ममा  पनि भिलेको रुपमा देखिने भएका छन् । चन्द्र पन्तको निर्देशन रहेको फिल्म ‘माही’मा उनी भिलेको रुपमा देखिन लागेका हुन् । पन्तले बलिउड, भोजपुरी र नेपाली कलाकार लिएर बनाउन लागेको यो फिल्मको अहिले छायाँकन भैरहेको छ ।  भोजपुरी स्टार आनन्द ओझा नायक रहेको फिल्ममा अभिनेत्री नीता ढुङ्गाना हिरोइनको रुपमा रहेकी छन् ।

फिल्ममा बलिउड कलाकार प्रदीप रावत समेत मुख्य रहेनछ । रावत र ताम्राकार फिल्ममा भिलेनको रुपमा देखिने निर्माण युनिटले जनाएको छ । फिल्ममा नेपाली कलाकार नरेन खड्काको समेत अभिनय रहनेछ । फिल्मको अहिले २० प्रतिशत छायाँंकन सकिएको छ ।  प्रशान्त पछिल्लो समय नेपाली फिल्म क्षेत्रमा ह्याण्डसम भिलेनको रुपमा परिचित छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप