
सदिक्षाको समर्थन गर्दै मनोज गजुरेल लेखे भाबुक स्टाटस
काठमाडौं । बरिष्ठ हास्य कलाकार मनोज गजुरेलले सदिक्षा बाँस्तोलाको प्रशंसा गरेका छन् । मोरङ उर्लाबारी नगरपालिका–५ का ३१ वर्षीय प्रविन बाँस्तोलाको हत्या अनुसन्धानको बिषयमा प्रहरीको लापरवाहीको बिरुद्ध दाजुको न्यायका लागि आवाज उठाउने उनकी बहिनी सदिक्षाले चालेको कदमको प्रशंसा गरेका हुन् ।
गजुरेलले एक भाबुक स्टाटस लेख्दै उनको समर्थन गरेका छन् । ‘सामान्य बिषयलाई ‘भाइरल’ गराएर असामान्य बनाउने विकृति बिच तिम्रो ‘फेसबुक लाइभ’ पनि त्यस्तै होला भन्ठानेको थिएँ । तर म गलत रहेछु’ गजुरेलले अगाडि लेखेका छन्, ‘मन, मुटु जोडिएको सहोदर दाजुको मृत्यु, अनुसन्धानमा भएको ढिलासुस्ती, प्रशासनको शंकास्पद गतिबिधिलाई लिएर तिमिले गरिरहेको बिरोध, आक्रोश र प्रतिरोधलाई सलाम गर्न चाहान्छु । सम्मान गर्न चाहान्छु ।’
गजुरेलले घटनाको सत्यतथ्य छिटो सार्वजनिकको लागि समेत माग गरेका छन् ।
सदिक्षाको अभियानका कारण प्रहरीले उनको दाजुको हत्या आशंकामा ६ जना बिरुद्ध कर्तब्य ज्यान मुद्दा अगाडि बढाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ