पर्यटन प्रवर्द्धनका लागि गढीदेखि गढीसम्म साइकल र्याली हुँदै
मकवानपुर । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय, बागमती प्रदेशले पर्यटन क्षेत्रको विकास एवम् विस्तारको योजनासहित गढीदेखि गढीसम्म साइकल -याली गर्ने भएको छ । पर्वतीय खेलकुद महासंघ बागमती प्रदेश, मकवानपुर जिल्ला साइकल संघ र राइडर्स क्लब मकवानपुरसँगको सहकार्यमा मन्त्रालयले मकवानपुरको ऐतिहासिक मकवानपुरगढीदेखि सिन्धुलीको सिन्धुलीगढीसम्म साइकल ¥याली गर्ने भएको हो ।
फागुन २२ गते मकवानपुरगढीबाट सुरु भएको साइकल ¥याली सिन्धुलीको हरिहरपुरगढी हुँदै २४ गते सिन्धुलीगढीमा पुगेर समापन हुने मन्त्रालयले जनाएको छ ।
पर्वतीय खेलकुद महासंघ बागमती प्रदेशका सचिव सफल अधिकारीको संयोजकत्वमा कार्यक्रमको तयारी तीव्र बनाइको मन्त्रलयले जनाएको छ ।
बागमती प्रदेशका ९ वटा ऐतिहासिक गढीमध्ये ४ वटा गढीको परिचय र पर्यटन प्रवर्द्घनको उद्देश्यका साथ फरकशैलीको साइकल ¥याली कार्यक्रम तयार पारिएको मन्त्रालयका सूचना अधिकारी नवराज पुडासैनीले रातोपाटीलाई बताए ।
मकवानपुरको चिसापानीगढी, मकवानपरगढी, सिन्धुलीको हरिहपुरगढी र सिन्धुलीगढीमा पर्यटन प्रवद्र्घनका लागि मन्त्रालयले थुप्रै योजना बनाएको उनले बताए ।
पर्यटकहरुको नमुना गन्तव्यका रुपमा रहेको सिन्धुलीगढीलाई हिल स्टेशनको रुपमा विकास गर्न काम भइरहेको र ४ करोड लागतमा सिन्धुलीगढी दरवार पुनःनिर्माणको काम पनि सञ्चालन भइरहेको उनले बताए ।
फागुन २२ गते मकवानपुरगढीबाट विश्व साइकल यात्री पुस्कर शाहसहितको करिव १ सय ७५ जना साइकल यात्री मकवानपुरको बकैया र बागमती गाउँपालिका हुँदै करिव ८० किलोमिटरको यात्रापछि सिन्धुलीको हरिहरपुरगढी पुग्नेछन् । हरिहरपुर गाउँपालिको व्यवस्थापनमा साइकल यात्रीहरुलाई खाने र बस्ने व्यवस्था मिलाएको कार्यक्रम संयोजक अधिकारीले जानकारी दिए ।
२३ गते हरिहरपुरगढीमा झण्डोत्तोलन कार्यक्रम समापन भएसँगै साइकल यात्रीहरु सिनधुलीगढीतर्फ प्रस्थान गर्ने र करिव ४० किलोमिटरको यात्रापछि त्यस दिन सिन्धुलीमाडीमा बास बस्ने छन् । २४ गते बिहान सिन्धुलीगढी पुगेर ¥याली समापन हुने अधिकारीको भनाइ छ ।
कार्यक्रममा लागि करिव ११ लाख खर्च हुने आयोजकले जनाएको छ । कुल लागतमध्ये मन्त्रालयले ५ लाख रुपैया सहयोग उपलब्ध गराउने छ भने अन्य खर्च स्थानीय तह र बाह्य स्रोतबाट जुटाइने कार्यक्रम संयोजक अधिकारीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिहानको खाजा कति बेला खानु लाभदायक हुन्छ ?
-
आगामी वर्षको नीति, कार्यक्रम र बजेट बनाउन म आफैँ कमान्ड गर्दैछु : प्रधानमन्त्री
-
सरकारले विपन्न महिलाहरूको ऋण मिनाहा हुने कार्यक्रम ल्याउने
-
सरकारले निर्माण व्यवसायीको समस्या तत्काल समाधान गर्नुपर्छ: सभापति सिंह
-
कमलसिंह ऐरीले लिए आयरल्यान्ड ‘ए’ को चौथो विकेट
-
केही समयपछि कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा