
अनामनगरस्थित हनुमानस्थानबाट एक बालिका बेपत्ता

काठमाडौं । काठमाडौंको अनामनगरस्थित हनुमानस्थानबाट एक बालिका बेपत्ता भएकी छिन् । भाटभटेनी सुपरमार्केट नजिकै हनुमानस्थान बस्दै आएकी गुल्मीकी १३ वर्षीय अमृता गिरी बेपत्ता भएकी हुन् । अमृता फागुन १० गते बिहान साढे १० बजे घरबाट बाहिर निस्केकी थिइन् । तर आजसम्म घर फिर्ता नआएको उनका आफन्तले बताए ।
उनले घरबाहिर निस्कँदा गुलाबी रङको ज्याकेट, निलो जिन्स पाइन्ट लगाएकी छिन् । गहुँगोरो वर्ण र ४.८ इन्च उचाई रहेकी उनी कक्षा ७ मा अध्ययनरत हुन् । उनलाई देख्ने र फेला पार्नेहरूले परिवारका सदस्यको मोवाइल नम्बर ९८६०४५२३४४ गर्न तथा नजिकैको प्रहरी चौकीमा बुझाइदिन आफन्तहरूले आग्रह गरेका छन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ