शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

ग्वार्को तरकारी तथा फलफूल बजारमा कुमारी बैङ्कको क्यूआर सेवा शुरु

बिहीबार, १३ फागुन २०७७, १८ : १५
बिहीबार, १३ फागुन २०७७

काठमाडौं । कुमारी बैङ्क लिमिटेडले ललितपुर स्थित ग्वार्को तरकारी तथा फलफूल बजारमा क्यूआर कोड सेवा शुरु गरेको छ ।

बैङ्कले व्यवसायीहरूलाई सहज रूपले नै मोबाइल फोनबाट भुक्तानी प्राप्त गर्न सकिने सुविधा अर्थात क्यूआर सुविधा प्रधान गरी सहज भुक्तानीको विकल्प ल्याएको जनाएको छ । कुमारी बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्र भण्डारीको उपस्थितिमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले व्यवसायीहरुलाई सो क्यूआर कोडहरू हस्तान्तरण गरे ।

नगद वा कार्डको विकल्पमा आफ्नो मोबाइल फोनबाट भुक्तानी गर्न सकिने डिजिटल प्रविधिलाई प्रवर्धन गर्दै कुमारी बैङ्कले आफ्ना ग्राहकहरूका लागि ‘कुमारी स्मार्ट’ नामको मोबाइल एप्लिकेशन प्रस्तुत गरेको छ । यो एपबाट क्युआर कोड स्क्यान गरी सुरक्षित र सजिलो भुक्तानी गर्न सकिन्छ ।

यस्तो सेवाको प्रयोग गर्दा कुनैपनि थप शुल्क नलाग्ने हुनाले कागजी नगद यो विकल्प नवीन र सहज पनि छ । यसका साथै कुमारी बैङ्कको क्यूआर कोड उपलब्ध भएका व्यवसायिक स्थान वा प्रतिष्ठानहरूको संख्या ७ हजार भन्दा बढी पुगेको बैङ्कले जनाएको छ ।  

कुमारी बैंकले आफ्ना देशव्यापी १९२ शाखा सञ्जाल, १६२ एटिएम, २२ शाखारहित बैंकिङ्ग ईकाई तथा १३ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएको र आगामी दिनहरुमा अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप