शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

गोठालोलाई भत्ता

बिहीबार, १३ फागुन २०७७, १९ : २६
बिहीबार, १३ फागुन २०७७

सुर्खेत ।  कालिकोटको पचालझरना गाउँपालिका–३ का सर्प कठायतले विगत लामो समयदेखि भेडा पालन व्यवसाय गर्दै आएका छन् । पहिला केही मात्रामा भेडा पालन व्यवसाय गर्ने उनले आजभोली २ सय भन्दा धेरै भेडा पालन गरिरहेका छन् । गत बर्ष देखि पालिकाले नै ‘गोठालो भत्ता’  दिन थाले पछि उनमा झन उत्साह थपियो । अहिले भेडा पालनबाट नै राम्रो आम्दानी गरिरहेको उनले बताए । 

पालिकाले भत्ता दिन थालेपछि हामीलाई थप सहज भएको छ ,’उनले भने ,‘  स्थानीय सरकारहरुले सडकमा मात्र धेरै रकम खर्च गर्ने बजेट सकाउने काम गर्दछन् । कृषकहरूको आयआर्जनमा वृद्धी हुने खालका कार्यक्रममा सहयोग गरेपछि पशुपालन व्यवसाय फस्टाउँछ,’ उनी भन्छन् ।’ 

उनीजस्तै पचालझरनाको थुप्रै कृषकहरु भेडा पालन व्यवसाय गर्न थालेका छन् । सरकारले भत्ता दिन थालेपछि थप भेडा, बाख्रा पाल्ने प्रेरणा मिलेको सोही गाउँपालिका–२ खर कोटका भेडी गोठाला गोविन्द बहादुर कठायतले बताए । उनले भने, ‘मैले ७० भेडा पालेको छु गाउँपालिकाले महिनाको एक हजार गोठालो भत्ता दिइरहेको छ ।’ 

गाउँपालिकाले कृषकहरुलाई ‘गोठालो भत्ता’  दिने भनेर गत बर्ष नै निर्णय गरेको थियो । सोही अनुसार भत्ता वितरण गर्दै आएको छ । अझ अर्का खुसीको कुरा त के छ भने पालिका आफैले कृषकहरुलाई गोठालो भत्ता लैजान आग्रह गर्दछ । बिहीबार पनि एक सुचना जारी गर्दै पालिकाले ‘गोठालो भत्ता’ लैजान कृषकहरु लाई अनुरोध गरेको छ । गाउँपालिकाले पालिकालाई मासुमा आत्मनिर्भर बनाउने योजना सहित यो निर्णय अघि बढाएको पालिकाले बतायो । कृषकहरुलाई थप व्यवसायमा लाग्न उत्साह दिने र आर्थिक आयस्तरमा समेत सहयोग पुग्ने भएकाले गोठालो भत्ता दिन थालिएको पशु सेवा शाखाका प्रमुख वीरेन्द्र बमले बताए । 


पालिकाले बिहीबार नियमित रुपमा प्रोत्साहन भत्ता पाइरहेका र नयाँ भेडा, बाख्रा पालन गरिरहेका कृषकहरुलाई आवश्यक कागजात पेश गर्न पनि अनुरोध गरेको उनले बताए  । बमका अनुसार यो भत्ता पाउन कम्तिमा पनि  ५५ वटा भन्दामाथि भेडा,बाख्रा पालन गरेको हुनपर्ने छ । ‘५५–९९ वटा सम्म भेडा, बाख्रा भएकाहरुलाई मासिक १ हजार १ सय सम्म भत्ता पाउँछन्  । यस्तै  १ सय बराबर भएकाहरुलाई २ हजार र त्यो भन्दा माथि भएकाहरुलाई थप भत्ताको व्यवस्थापन गरिएको बमले बताए  ।

‘भेडा पाल्ने व्यवसायिक कृषकहरुलाई प्रोत्साहन गर्न, उनीहरुको आम्दानीमा वृद्धि गर्न र पालिकालाई मासुमा आत्मनिर्भर बनाउनका लागि गोठालो भत्ताको व्यवस्था गरिएको हो,’ प्रमुख बमले भने, ‘चालू आर्थिक वर्षदेखि नियमित भत्ता दिन थालेका छौं।’ गर्त वर्ष ७ लाख रकम  भत्तामा मात्रै खर्च भएको थियो । अहिले कति जनाले फारम भर्नुहुन्छ त्यहीअनुसार भत्ता वितरण गरिन्छ ।’ 

उनका अनुसार यो बर्ष गत बर्ष भन्दा धेरै फाराम आउने देखिन्छ  । गाउँपालिका भर अहिले भेडा,बाख्रा पाल्नेको संख्या ५७ छ । ६० भन्दामाथि भेडा,बाख्रा पाल्ने कृषकको संख्या गाउँपालिकामा ५२ छ भने एक सयमाथि पाल्नेको संख्या सात रहेको छ । गत वर्ष ५१ जनाले भत्ता पाएको पालिका​ले जनाएको छ । यस्तो निर्णय गर्नेमा पचालझरना कर्णालीकै पहिलो पालिका पनि हो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप