स्वास्थ्य मापदण्ड पालना गर्न बङ्गलादेशका प्रधानमन्त्रीको आह्वान
एजेन्सी । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गर्न आह्वान गरेकी छिन् । कोरोनाभाइरसको महामारी अन्त्य नभएकाले सतर्कता अपनाउँदै सबै मापदण्ड पालना गर्नु अत्यावश्यक रहेको उनको भनाइ छ ।
कोरोनाभाइरस विरुद्धको खोप लगाएपनि स्वास्थ्य मापदण्ड पालना गर्न भने हेलचक्र्याइँ गर्न नहुनेमा उनले सबैको ध्यानाकर्षण गराएकी छिन् । राजधानी ढाकाबाट बिहीबार एउटा कार्यक्रमलाई भिडियोमार्फत् सम्वोधन गर्दै उनले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्न दोहो¥याएर आग्रह गरेकी हुन् ।
मास्कको प्रयोग गर्ने, साबुन पानीले हात धुने, हातमा सेनिटाइजर लगाउने, सामाजिक दुरी कायम गर्नेलगायतका आधारभूत मापदण्डको पालना गर्न उनले जोड दिएकी छिन् । स्वास्थ्य मापदण्डहरूको पालना नै कोरोनाभाइरसविरुद्धको लडाइको मुख्य उपाय भएको प्रधानमन्त्री हसिनाको ठहर छ ।
बङ्गलादेशमा बिहीबार एकदिन मात्रै १४० जना नयाँ सङ्क्रमित भेटिएका छन् भने कम्तीमा पाँच जनाको मृत्यु भएको छ । सरकारी अधिकारीहरुका अनुसार कोरोनाका कारण बङ्गलादेशमा अहिलेसम्म पाँच लाख ४४ हजार ९५४ जना सङ्क्रमित हुँदा आठ हजार ३८४ जनाको मृत्यु भएको छ ।
पछिल्लो २४ घण्टामा देशभरी १५ हजार ५६० जनाको कोरोना परीक्षण गरिएको पनि अधिकारीहरुले जानकारी दिएका छन् । त्यसैगरी बङ्गलादेशमा अहिलेसम्म चार लाख ४९ हजार ७५५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । तीमध्ये ९५७ जना बिहीबार सङ्क्रमणमुक्त भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लागु औषध मुद्दामा फरार दुई जना भारतमा पक्राउ
-
भोजपुर गोल्डकप : त्रिभुवन आर्मी क्लब फाइनलमा
-
हरिपूर्वामा आगोले चार घर जले
-
तातो हावा ‘लू’ ले नेपालगञ्जको जनजीवन प्रभावित
-
खडेरीले मकै सुक्न थालेपछि नारायणी लिफ्टबाट पानी छाडियो
-
शुक्रबारदेखि कक्षा १२ को परीक्षा : तीन लाख ९० हजार आठ सय ४७ परीक्षार्थी सहभागी हुँदै